सूर्या लाइफ इन्स्योरेन्सले लाभांश नदिने, यस्तो छ कारण ! « Arthapath.com
११ आश्विन २०७९, मंगलवार

सूर्या लाइफ इन्स्योरेन्सले लाभांश नदिने, यस्तो छ कारण !



काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सले आफ्ना सेयरधनीहरुलाई लाभांश नदिने भएको छ। कम्पनीले आर्थिक वर्ष २०७७/७८ वर्षमा वितरण योग्य मुनाफा रहेपनि लाभांश वितरण नगर्ने भएको हो ।

कम्पनीको असोज ९ गते बसेको संचालक समितिको ३२५औं बैठकको निर्णयानुसार कम्पनी ज्योति लाइफ इन्स्योरेन्ससंग मर्जर सम्झौता गरेकाले लाभांश नदिने भएको हो ।

वितरण योग्य मुनाफाबाट सेयरधनरुलाई लाभांश नदिई हाल जगेडा कोषमा राख्ने भएको बताएको छ ।


प्रतिक्रिया दिनुहोस्