एशियन लाइफको १५.२६ प्रतिशत लाभांश पारित « Arthapath.com
१३ आश्विन २०७९, बिहीबार

एशियन लाइफको १५.२६ प्रतिशत लाभांश पारित



काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनीको १४ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

बिहीबार सम्पन्न सभाले १५.२६ प्रतिशत लाभांश पारित गरेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई १४.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो ।

सभाले कम्पनीको हाल कायम पूँजी संरचनामा संस्थापक र सर्वसाधारण शेयरको ६०ः४० अनुपातलाई बीमा समितिको स्वीकृति पश्चात परिवर्तन गरी ५१ः४९ प्रतिशत कायम गरी संस्थापक शेयरलाई सर्वसाधारणमा परिणत गर्ने प्रस्ताव पारित पारित गरेको छ ।

यस्तै, कम्पनी संचालक समितिका अध्यक्ष दिपक कुमार श्रेष्ठले पेश गरेको अघिल्लो आवको वार्षिक प्रतिवेदन अनुमोदन गरेको छ । सभाले आर्थिक वर्ष २०७८÷७९ को लागि लेखापरिक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण समेत गरेको छ ।

सभाले कम्पनीको प्रबन्ध पत्र तथा नियमावलीमा संशोधन गर्न तथा सम्बन्धित निकायबाट प्रबन्ध पत्र तथा नियमावलीमा संशोधन तथा प्राप्त हुने निर्देशन कार्यान्वयन गर्न संचालक समितिलाई अख्तियारी दिने प्रस्तावलाई समेत पारित गरेको छ ।


प्रतिक्रिया दिनुहोस्