हिमालयन रिइन्स्योरेन्सले डाक्यो साधारण सभा, एजेण्डा के–के ? « Arthapath.com
१४ आश्विन २०७९, शुक्रबार

हिमालयन रिइन्स्योरेन्सले डाक्यो साधारण सभा, एजेण्डा के–के ?



काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडले साधारण सभाका लागि मिति तय गरेको छ ।

कम्पनीले आफ्नो दोस्रो वार्षिक साधारण सभा आउँदो कात्तिक ४ गते गर्ने भएको हो । सभा होटल अलफ्ट ठमेल काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

सभाले प्रबन्धपत्र तथा नियमावलीम आवश्यक संशोधन गर्ने र सो कार्य गर्न सञ्चालक समितिलाई आवश्यक सम्पूर्ण अधिकार प्रत्यायोजन गर्ने प्रस्ताव पारित गर्नेछ ।

यस्तै, आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने छ । यसका साथै आव २०७९/८० को लागि लेखापरिक्षकको नियुक्त र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।


प्रतिक्रिया दिनुहोस्