रिलायबल नेपाल लाइफले डाक्यो साधारण सभा, आईपीओ निष्काशन गर्ने « Arthapath.com
१४ आश्विन २०७९, शुक्रबार

रिलायबल नेपाल लाइफले डाक्यो साधारण सभा, आईपीओ निष्काशन गर्ने



काठमाडौं । रिलायबल नेपाल लाइफ इन्सुरेन्स कम्पनीले साधारण सभाका लागि मिति तय गरेको छ । कम्पनीले आउँदो कात्तिक ६ गते सभा बोलाएको हो ।

कम्पनीको असोज १३ गते बसेको संचालक समितिको बैठकले उक्त दिन सभा गर्ने निर्णय गरेको हो । सभा लिसरा ब्यांकेट, ज्ञानेश्वर, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । कम्पनीको साधारण सभामा आईपीओ निष्काशनको प्रस्ताव पेश हुनेछ ।

सभामा कम्पनीले सर्वसाधारणका लागि जारी पुँजीको ३० प्रतिशत सेयर निष्काशनको प्रस्ताव पेश गर्नेछ । यस्तै, सभाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ ।

यसका साथै सभाले आव २०७८/७९ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्नेछ ।


प्रतिक्रिया दिनुहोस्