कोरोना बीमाको १ अर्ब ८१ करोड भुक्तानी दिँदै, रकम आजै बीमक संघको खातामा जाने « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

कोरोना बीमाको १ अर्ब ८१ करोड भुक्तानी दिँदै, रकम आजै बीमक संघको खातामा जाने



काठमाडौं । लामो समय देखि रोकिएको कोरोना बीमाको दाबी प्रक्रिया आजदेखि अघि बढेको छ ।

सरकारले केही समयअघि कोरोना बीमा भुक्तानीको लागि निकासी गरेको १ अर्ब रुपैयाँ आजनै बीमक संघको खातामा जादैंछ, योसँगै कोरोना बीमाको दाबी प्रक्रिया अघि बढाएको हो ।

कोरोना बीमा बापत झण्डै १० अर्ब रुपैयाँ भुक्तानी हुन बाँकी छ अहिलेलाई भने १ अर्ब ८१ करोड ८१ लाख रकम रुपैयाँ रकम भुक्तानी गर्न लागिएको बीमा समितिले जनाएको छ ।

सरकारबाट आएको १ अर्ब लाई ५५ प्रतिशत मानेर बाँकी ४५ प्रतिशत (८१ करोड ८१ लाख) बीमा समिति, नेपाल पुनर्बीमा कम्पनी र निर्जीवन बीमा कम्पीले थप गरेर कुल १ अर्ब ८१ करोड ८१ लाख भुक्तानी गर्न लागिएको हो । ४५ प्रतिशतमा बीमा समितिले ८ प्रतिशत, नेपाल पुनर्बीमा कम्पनीले १२ प्रतिशत र बीमा कम्पनीहरुले २५ प्रतिशत रकम थप्नेछन् ।

कोरोना बीमाको लागि बीमा समितिमा आएको १ अर्ब पैसा आजनै बीमक संघको खातामा जानेछ । साथै, बीमा समितिले थप्ने ८ प्रतिशत अर्थात् १४ करोड ५४ लाख पैसा पनि आजनै संघको खातामा जानेछ । बुधबार सम्पन्न बोर्ड बैठकले उक्त पैसा पठाउने निर्णय गरेको हो । साथै, दाबी के कसरी गर्ने भन्ने बिषयमा आजनै बीमा समिति र बीमक संघको बैठक गरिनेछ ।

यसरी लामो सयदेखि रोकिएको कोरोना बीमाको दावीमा पहिलो चरणमा १ अर्ब ८१ करोड ८१ लाख भुक्तानी हुदैंछ । जुन रकम पहिला आवेदन आएको आधारमा सम्बन्धीत बीमितलाई भुक्तानी दिइने छ । यद्यपि, राष्ट्र सेवक कर्मचारीलाई भने तत्कालन दावी भुक्तानी नदिने नीति ल्याइएको छ ।

सरकारले यस बापतको रकम दिन आनाकानी गरेपछि बीमा समिति तथा कम्पनीहरुले ४५ प्रतिशत रकम आफै बेहोर्ने विकल्प अर्थ मन्त्रालयमा दिएका थिए । साथै, राष्ट्र सेवक कर्मचारीको दायित्व सरकार तथा राष्ट्रिय बीमा कम्पनीले लिनुपर्ने शर्त पनि राखिएको थियो । सोहीअनुसार नै कोरोना बीमाको दावी भुक्तानी गर्न लागिएको हो । कोरोना बीमामा झण्डै १० अर्ब दावी भुक्तानी हुन बाँकी छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्