नेशनल लाईफ इन्स्योरेन्सको तीन दिने कार्यक्रम सम्पन्न « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

नेशनल लाईफ इन्स्योरेन्सको तीन दिने कार्यक्रम सम्पन्न



काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिले आफ्ना अभिकर्ताहरुका लागि लागि ३ दिने (२०७९ कार्तिक १९ देखी २१ गते सम्म) “लिडर्स नाईट वीथ पारस खड्का कार्यक्रम काठमाण्डौ स्थित चन्द्रागिरी हिल्समा सम्पन्न गरेको छ ।

कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि २०७९ श्रावण महिनामा संचालन गरेको अभिकर्ता योजना अन्तर्गत लक्ष्य पुरा गर्न सफल अभिकर्ताहरुलाई कम्पनीका ब्राण्ड एम्बेसडर समेत रहनु भएका राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्कासंग साक्षात्कार गराउने उदेश्य समेतले कार्यक्रम सम्पन्न गरिएको थियो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री सुरेश प्रसाद खत्रीज्यूको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि समेत रहनु भएका कम्पनीका ब्राण्ड एम्बेसडर पारस खड्काले पानसमा दिप प्रज्वलन गरी कार्यक्रमको समुद्घाटन गर्नु भएको थियो । देशै भरीबाट उत्कृष्ठ व्यवसाय गरी योजनामा छनौट हुन सफल हुनभएका करिब १०० जना बरिष्ठ अभिकर्ताकहरुको सहभागिता रहेको उक्त कार्यक्रममा अभिकर्ताहरुको व्यवसायिक दक्षता अभिवृद्धि गर्ने उदेश्यले नेपालका चर्चित मोटिभेसनल प्रशिक्षक सौरभ लोहनीले सेल्स मोटिभेसन तथा स्कील डेभलपमेण्ट सम्वन्धमा प्रशिक्षण प्रदान गर्नुभएको थियो ।

यसैगरी तोकिएको लक्ष्य पुरा गरी कार्यक्रममा सहभागि हुन सफल अभिकर्ताहरुको अथक परिश्रम र मेहनतको कदर गर्दै वहाँहरुलाई सम्मान पनि गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि एवं कम्पनीका ब्राण्ड एम्बेसडर पारस खड्काले नेपाली क्रिकेट टिमलाई यो स्थानमा ल्याई पु¥याउन आफ्नो तर्फबाट गर्नुभएको मेहनत र संघर्ष साथै राष्ट्रिय टिमको नेतृत्व लिएपछि वहन गरेको जिम्मेवारीका बारेमा आफ्नो अनुभव जानकारी गराउनु भएको थियो । साथै वहाँले नेशनल लाईफ इन्स्योरेन्स कम्पनी संग आवद्ध भई कार्यक्रममा सम्मानित बिजनेश लिडरहरुसंग साक्षात्कर हुन पाउँदा आफूलाई अत्यन्तै खुशी लागेको बताउनु हुँदै सहभागि अभिकर्ताहरुलाई बधाई समेत दिनु भएको थियो ।


प्रतिक्रिया दिनुहोस्