पहिलो क्वाटरमा निर्जीवन बीमा कम्पनीको बीमा शुल्क १० अर्ब ८४ कराेड, राष्ट्रिय बीमा कम्पनीलाई पछ्याउँदै शिखर र सगरमाथा  « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

पहिलो क्वाटरमा निर्जीवन बीमा कम्पनीको बीमा शुल्क १० अर्ब ८४ कराेड, राष्ट्रिय बीमा कम्पनीलाई पछ्याउँदै शिखर र सगरमाथा 



काठमाडौं । चालु आर्थिक वर्ष २०७९।०७८ को असोज समान्तसम्ममा निर्जीवन बीमा कम्पनीहरुले १० अर्ब ८४ करोड २४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । मंगलबार बीमा समितिले सार्वजनिक गरेको तथ्याङ अनुसार निर्जीवन बीमा कम्पनीहरुले उक्त बीमा शुल्क आर्जन गरेका हुन ।

असोज महिनासम्ममा सबैं भन्दा बढी बीमा शुल्क आर्जन गर्ने कम्पनीमा राष्ट्रिय बीमा कम्पनी पर्न सफल भएको छ । यस त्रैमाससम्ममा अवधिमा कम्पनीले १ अर्ब २६ करोड ४५ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको हो ।

त्यस्तै, दोस्रो नम्बरमा शिखर इन्स्योरेन्स रहेको छ । कम्पनीले यस अवधिमा १ अर्ब २ करोड रुपैयाँ आर्जन गरकेो छ भने तेस्रो नम्बरमा रहेको सगरमाथा इन्स्योरेन्सले ८५ करोड २१ लाख रुपैयाँ आर्जन गरेको हो ।

समितिको तथ्याङ अनुसार चौथो नम्बरमा नेको इन्स्योरेन्सले ८२ करोड ८४ लाख रुपैयाँ, पाँचौ नम्बरमा सिद्धार्थ इन्स्योरेन्सले ७६ करोड ४९ लाख रुपैयाँ र छैठा नम्बरमा हिमालयन एभरेष्टले ७३ करोड ३४ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको हो ।

साथै क्रमश एनएलजी इन्स्योरेन्सले ६१ करोड ८ लाख रुपैयाँ, प्रिमियर इन्स्योरेन्सले ५६ करोड ९८ लाख रुपैयाँ, लुम्बिनी जनरल इन्स्योरेन्सले ५० करोड २४ लाख रुपैयाँ , अजोड इन्स्योरेन्सले ४६ करोड ८ लाख रुपैयाँ र आइएमई जनरलले ४४ करोड ९० लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सले ४३ करोड ७६ लाख रुपैयाँ र प्रभु इन्स्योरेन्सले ४१ करोड २५ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको हो ।

त्यस्तै, ओरिएण्टल इन्स्योरेन्सले ३९ करोड ६४ लाख रुपैयाँ, पु्रडेन्सियल इन्स्योरेन्सले ३५ करोड १८ लाख रुपैयाँ, नेशनल इन्स्योरेन्सले ३२ करोड ८३ लाख रुपैयाँ, युनाईटेड इन्स्योरेन्सले ३२ करोड ३१ रुपैयाँ, सानिमा जनरलले २८ करोड ३६ लाख रुपैयाँ र जनरल इन्स्योरेन्सले २५ करोड १८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन ।


प्रतिक्रिया दिनुहोस्