युनाइटेड इन्स्योरेन्सले गर्यो लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरकेो छ । कम्पनीले गत आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
इन्स्योरेन्सको संचालक समितीको बैठकले कम्पनीको हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको ०.२६३२ प्रतिशत नगद लाभांश गरि कुल ५.२६३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश बीमा समितिले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र शेयरधनीहरुलाई वितरण गरीनेछ ।