नेपाल लाइफको नाफा २३९८% ले बढ्यो, जीवन बीमा कोष १ खर्ब ४२ अर्ब पुग्दा अधिकांश सूचकमा चमक « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

नेपाल लाइफको नाफा २३९८% ले बढ्यो, जीवन बीमा कोष १ खर्ब ४२ अर्ब पुग्दा अधिकांश सूचकमा चमक



काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको विवरण अनुसार खुद नाफामा छलाङ आएको छ ।

चालु आर्थिक वर्षको ३ महिनाको अवधिमा कम्पनीले १७ करोड ५७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको भन्दा २३९८.२० प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको खुद नाफा ७० लाख ३३ हजार रुपैयाँ रहेको थियो ।

यस अवधिमा कम्पनीको जीवन बीमा कोष १९.६४ प्रतिशतले बढेको हो । गत आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा १ खर्ब १८ अर्ब ७५ करोड ९४ लाख रुपैयाँ आर्जन गरेको कम्पनीले चालु आर्थिक वर्षको सोहि अवधिमा १ खर्ब ४२ अर्ब ८ करोड ६२ लाख रुपैयाँ आर्जन गरेको छ ।

असोज मसान्तसम्मको अवधिमा कम्पनीको खुद बीमा शुल्क १.९७ प्रतिशतले बढेर ९ अर्ब ९३ करोड ९६ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको खुद बीमा शुल्क ९ अर्ब ७४ करोड ७१ लाख रुपैयाँ आर्जन गरेको थियो ।

समिक्षा अवधिमा कम्पनीको चुक्तापूँजी १४ प्रतिशतले बढेर ८ अर्ब २० करोड ७९ लाख ६६ हजार रुपैयाँ, जगेडा कोष १२९.०४ प्रतिशतले बढेर १ अर्ब ९९ करोड १८ लाख ३२ हजार रुपैयाँ, खुद दाबी भुक्तानी २.२३ प्रतिशतले बढेर ४ अर्ब ३५ करोड ६१ लाख २३ हजार र ब्यवस्थापन खर्च ४०.९२ प्रतिशतले बढेर ३० करोड ७४ लाख ८९ हजार रुपैयाँ आर्जन गरेको छ ।

यो त्रैमासमा प्रतिसेयर आम्दानी पनि ८ रुपैयाँ १७ पैसाले बढेर ८ रुपैयाँ ५६ पैसा पुगेको छ । यसको प्रतिसेयर नेटवर्थ १३४ रुपैयाँ ३९ पैसा छ ।


प्रतिक्रिया दिनुहोस्