एलआईसी नेपालको जीवन बीमा कोष ९७ अर्ब माथि, चुक्तापूँजी साढे २ अर्ब रुपैयाँ पुग्दा यस्तो छ अन्य सूचक « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

एलआईसी नेपालको जीवन बीमा कोष ९७ अर्ब माथि, चुक्तापूँजी साढे २ अर्ब रुपैयाँ पुग्दा यस्तो छ अन्य सूचक



काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआइसी) नेपालले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण आर्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीको जीवन बीमा कोषमा ९७ अर्ब ५० करोड ३ लाख १३ हजार रुपैयाँ आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको भन्दा १६.९० प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको जीवन बीमा कोष ८३ अर्ब ४० करोड ४२ लाख रुपैयाँ आर्जन गरेको छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा कम्पनी ५९ लाख २९ हजार रुपैयाँ नोक्सानमा गएको छ । गत वर्षको यसै अवधिमा भने कम्पनीले ३ करोड १९ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

असोज मसान्तसम्मको अवधिमा कम्पनीको खुद बिमा शुल्क आर्जन १४.०४ प्रतिशतले घटेर ४ अर्ब ४९ करोड ४९ लाख रुपैयाँमा आएको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको खुद बीमा शुल्क ५ अर्ब २२ करोड ९८ लाख रुपैयाँ आर्जन गरेको छ ।

समिक्षा अवधिमा कम्पनीको जगेडा कोष ८.८५ प्रतिशतले घटेर ६० करोड ९७ लाख रुपैयाँ, चुक्ता पुँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँ, महाविपत्ती कोष ३५ प्रतिशतले बढेर ३६ करोड ५ लाख ९४ हजार रुपैयाँ, ब्यवस्थापन खर्च २.४८ प्रतिशतले घटेर १७ करोड ५१ लाख ४९ हजार रुपैयाँ रहेको छ ।

। कम्पनीले हकप्रद सेयर जारी गरी पुँजी वृद्धि गर्ने योजना बनाएको छ । असार मसान्तसम्म आइपुग्दा एलआइसी नेपाल प्रतिसेयर २२ पैसा नोक्सानमा रहेको छ । यसको प्रतिसेयर नेटवर्थ भने १३६ रुपैयाँ ५७ पैसा छ ।


प्रतिक्रिया दिनुहोस्