राष्ट्रिय बिमा कम्पनीको बीमा कोष ९.४५ प्रतिशतले बढ्यो, खुद नाफा घट्दा अन्य सूचक कस्तो ? « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

राष्ट्रिय बिमा कम्पनीको बीमा कोष ९.४५ प्रतिशतले बढ्यो, खुद नाफा घट्दा अन्य सूचक कस्तो ?



काठमाडौं । राष्ट्रिय बिमा कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीले ५ करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । नाफा गत वर्ष भन्दा १३.२५ प्रतिशतले थोरै हो । गत वर्ष यस कम्पनीले ६ करोड २० लाख रुपैयाँ नाफा कमाएको थियो ।

चालु आर्थिक वर्षको ३ महिनाको अवधिमा कम्पनीले कर्जा तथा अन्य लगानीबाट ८ करोड १४ लाख रुपैयाँ आम्दानी गरेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कर्जा तथा अन्य लगानीबाट ६ करोड ९९ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

असोज मसान्तसम्मको अवधिमा कम्पनीले बीमा कोषको आकार ९.४५ प्रतिशतले बढाएर २ अर्ब ६९ करोड रुपैयाँ पराएको छ । गत वर्ष यसको बिमा कोषमा २ अर्ब ४६ करोड रुपैयाँ रहेको थियो ।

समिक्षा अवधिमा कम्पनीले खुद बिमा शुल्क आर्जन १५ करोड ८२ लाख रुपैयाँ, चुक्ता पुँजी २६ करोड ६६ लाख ३९ हजार रुपैयाँ आर्जन गरेको छ । प्रतिसेयर आम्दानी २० रुपैयाँ २० पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १ हजार ३७९ रुपैयाँ ७० पैसा छ ।


प्रतिक्रिया दिनुहोस्