नेपाल लाइफ र एलआईसी नेपालको वित्तीय रिर्पोट: कुन सूचकमा को कति बलियो « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

नेपाल लाइफ र एलआईसी नेपालको वित्तीय रिर्पोट: कुन सूचकमा को कति बलियो



काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआइसी) नेपाललले चालु आर्थिक वर्षको पहिलो त्रैमासम्मको वित्तीय विवरण सार्वजनिक गरेको छन् । यी दुई बीमा कम्पनी सबै भन्दा ठूला तथा ब्यापारका हिसाबले १ नम्बर र २ नम्बरका कम्पनी हुन ।

यी कम्पनीले असोज मसान्तसम्ममा कुन सूचक कति बढाए यस्थो छ
खुद नाफा
खुद नाफामा नेपाल लाइफले आफ्नो अग्रता कायम नै राखेको छ । नेपाल लाइफले चालु आर्थिक वर्षको ३ महिनाको अवधिमा कम्पनीले १७ करोड ५७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको भन्दा २३९८.२० प्रतिशतले बढी हो । लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआइसी) नेपाल भने ५९ लाख २९ हजार रुपैयाँ नोक्सानमा गएको छ ।

जीवन बीमा कोष
जीवन बीमा कोषमा नेपाल लाइफ झण्डै साढे १ खर्ब पुगेको छ भने एलआइसी नेपाल खर्बपति क्लबमा पुग्न आजै ३ अर्बले पछाडि छ । नेपाल लाइफले जीवन बीमा कोष १९.६४ प्रतिशतले बढाएर १ खर्ब ४२ अर्ब ८ करोड ६२ लाख रुपैयाँ आर्जन गरेको छ भने एलआइसी नेपालले १६.९० प्रतिशते बढाएर ९७ अर्ब ५० करोड ३ लाख १३ हजार रुपैयाँ आर्जन गरेको छ ।

खुद बीमा शुल्क
यस अवधिमा नेपाल लाइफले खुद बीमा शुल्क सामान्य बढ्दा एलआइसीको भने घटेको छ । नेपाल लाइफले असोज मसान्तसम्मको अवधिमा कम्पनीको खुद बीमा शुल्क १.९७ प्रतिशतले बढेर ९ अर्ब ९३ करोड ९६ लाख रुपैयाँ आर्जन गरेको छ । एलआईसी नेपालको भने खुद बिमा शुल्क आर्जन १४.०४ प्रतिशतले घटेर ४ अर्ब ४९ करोड ४९ लाख रुपैयाँमा आएको छ ।

चुक्तापूँजी
नेपाल बीमा प्राधिकरण भने अनुसार एलआइसी नेपालले आफ्नो चुक्तापूँजी पुराइ सकेको छैन भने नेपाल लाइफले पहिलै पुराएको थियो । नेपाल लाइफका चुक्तापूँजी १४ प्रतिशतले बढेर ८ अर्ब २० करोड ७९ लाख ६६ हजार रुपैयाँ छ भने एलआइसी नेपालको चुक्ता पुँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैया रहेको छ ।

जगेडा कोष
जगेडा कोषमा पनि नेपाल लाइफ निकै अगाडि छ । नेपाल लाइफले जगेडा कोष बढाउदा एलआइसीको भने घटेको हो । नेपाल लाइफको जगेडा कोष १२९.०४ प्रतिशतले बढेर १ अर्ब ९९ करोड १८ लाख ३२ हजार रुपैयाँ रहेको छ भने एलआइसी नेपालको जगेडा कोष ८.८५ प्रतिशतले घटेर ६० करोड ९७ लाख रुपैयाँमा सिमित बनेको छ ।

खुद दाबी भुक्तानी
नेपाल लाइफको खुद दाबी भुक्तानी २.२३ प्रतिशतले बढेर ४ अर्ब ३५ करोड ६१ लाख २३ हजार रुपैयाँ छ भने एलआइसी नेपालको खुद दाबी भुक्तानी ४७.४० प्रतिशतले घटेर १ अर्ब ९५ करोड ८२ लाख ६१ हजार रुपैयाँ रहेको छ ।

महाविपत्ती कोष
नेपाल लाइफको महाविपत्ती कोष ३१ प्रतिशतले बढेर ८३ करोड १० लाख ४ हजार रुपैयाँ रहेको छ भने एलआइसी नेपालको महाविपत्ती कोष ३५ प्रतिशतले बढेर ३६ करोड ५ लाख ९४ हजार रुपैयाँ रहेको छ ।

प्रतिसेयर आम्दानी
नेपाल लाइफको यो त्रैमासमा प्रतिसेयर आम्दानी पनि ८ रुपैयाँ १७ पैसाले बढेर ८ रुपैयाँ ५६ पैसा पुगेको छ भने एलआइसी नेपालको प्रतिसेयर २२ पैसा नोक्सानमा रहेको छ

प्रतिसेयर नेटवर्थ
नेपाल लाइफको प्रतिसेयर नेटवर्थ १३४ रुपैयाँ ३९ पैसा छ भने एलआइसी नेपालको प्रतिसेयर नेटवर्थ भने १३६ रुपैयाँ ५७ पैसा छ ।


प्रतिक्रिया दिनुहोस्