पहिलो क्वाटरमा जीवन बीमा कम्पनीको बीमा शुल्क ३५ अर्ब ७७ करोड, युनियनलाई पछ्याउँदै एशियन र सिटिजन « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

पहिलो क्वाटरमा जीवन बीमा कम्पनीको बीमा शुल्क ३५ अर्ब ७७ करोड, युनियनलाई पछ्याउँदै एशियन र सिटिजन



काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको पहिलो त्रैमाससम्ममा ३५ अर्ब ७७ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् । बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार १ करोड ३८ लाख बीमालेख जारी गरेर उक्त बीमाशुल्क आर्जन गरेका हुन ।

असोज मसान्तसम्मको अवधिमा पहिलो नेपाल लाइफले १० अर्ब ४ करोड रपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ । दोस्रोमा एलआइसी ४ अर्ब ५१ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

त्यस्तै, तेस्रोमा नेशनल लाइफ ४ अर्ब ३८ करोड लाख रुपैयाँ, चौथोमा युनियन लाइफको १ अर्ब ९१ करोड ४२ लाख रुपैयाँ, पाँचौमा एशियन लाइफको १ अर्ब ७४ करोड ३४ लाख रुपैयाँ र सिटिजन लाइफको १ अर्ब ४७ लाख ११ हजार रुपैयाँ आर्जन गरेको छ ।

त्यस्तै, सूर्या लाइफको १ अर्ब ३२ करोड ४४ लाख रुपैयाँ, मेट लाइफको १ अर्ब ३१ लाख १ हजार रुपैयाँ, प्राइम लाइफको १ अर्ब १६ करोड १४ लाख रुपैयाँ, राष्ट्रिय बीमा संस्थानको १ अर्ब ११ करोड ६७ लाख रुपैयाँ, सन नेपाल लाइफको १ अर्ब ८१ हजार रुपैयाँ, ज्योति लाइफको ९५ करोड १८ लाख रुपैयाँ, रिलायबल नेपालको ८९ करोड ३१ लाख रुपैयाँ, आइएमइ लाइफको ८७ करोड १४ लाख रुपैयाँ, रिलायन्स लाइफको ७८ करोड ८० लाख रुपैयाँ, गुराँस लाइफको ७५ करोड ७ लाख रुपैयाँ, सानिमा लाइफको ५८ करोड २५ लाख रुपैैयाँ, प्रभु लाइफको ५३ करोड ७२ लाख र महालक्ष्मी लाइफको ४० करोड ५२ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हुन ।

तेस्रोमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस त्रैमासको अवधिसम्ममा ४ अर्ब ३८ करोड रुपैयाँ कुल बीमा व्यवसाय भित्रयाउन सफल भएको छ।


प्रतिक्रिया दिनुहोस्