सगरमाथा इन्स्योरेन्सको बीमा शुल्क १५% ले बढ्यो, खुद बीमा शुल्क ४० करोड पुग्दा अन्य सूचक कस्तो ? « Arthapath.com
३ जेष्ठ २०८२, शनिबार

सगरमाथा इन्स्योरेन्सको बीमा शुल्क १५% ले बढ्यो, खुद बीमा शुल्क ४० करोड पुग्दा अन्य सूचक कस्तो ?



काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीले ३ करोड २५ लाख ३१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको भन्दा ४७.२८ प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद नाफा ६ करोड १७ लाख रुपैयाँ रहेको थियो ।

असोज मसान्तसम्मको अवधिमा कम्पनीको खुद बीमा शुल्क २.५४ प्रतिशतले बढेर ४० करोड ४२ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको खुद बीमा शुल्क ३९ करोड ४२ लाख रुपैयाँ आर्जन गरेको थियो ।

गत आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा १७ करोड ७२लाख रुपैयाँ दाबी भुक्तानी गरेकोमा चालु आर्थिक वर्षको सोहि अवधिमा उक्त दाबी ३१.६१ प्रतिशतले बढेर २३ करोड ३३ लाख रुपैयाँ पुगेको छ ।

समिक्षा अवधिमा कम्पनीको चुक्तापूँजी १ अर्ब ३३ करोड ३६ लाख २९ हजार रुपैयाँ, रिजर्भ कोष ११.६९ प्रतिशतले घटेर ४४ करोड ७० लाख रुपैयाँ, बीमा कोष १४.५६% प्रतिशत ले बढेर १ अर्ब २३ करोड रुपैयाँ पुगेको छ ।

यस अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १२ रुपैयाँ ४५ पैसाले घटेर ९ रुपैयाँ ७६ पैसामा झरेको छ । यसको प्रतिसेयर नेटवर्थ २३५ रुपैयाँ ४४ पैसा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्