सिद्धार्थ इन्स्योरेन्सद्धारा लाभांश घोषाण, कति पाए शेयरधनीहरुले नगद ? « Arthapath.com
३ जेष्ठ २०८२, शनिबार

सिद्धार्थ इन्स्योरेन्सद्धारा लाभांश घोषाण, कति पाए शेयरधनीहरुले नगद ?



काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश घोषणा गरेको हो ।

कम्पनीको कात्तिक २९ गते बसेको संचालक समितिको बैठकले चुक्तापुँजी १ अर्ब २८ करोड रुपैयाँको ९.४७३७ प्रतिशतले हुन आउने रकम १२ करोड २० लाख २१ हजार रुपैयाँ नगद लाभांश (कर सहित) वितरण प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश नियमक निकाय बीमा प्राधिकरणबाट स्वीकृत भएपछि कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भई प्रिमियर इन्स्योरेन्स्सँगको मर्जर पश्चात एकीकृत कारोबार भएपछि मात्र शेयरधनीहरुमा वितरण हुनेछ ।


प्रतिक्रिया दिनुहोस्