युनियन लाइफको खुद बीमा शुल्क झण्डै २ अर्ब, बीमा कोष ४३% ले वृद्धि हुदाँ नाफा प्रभावित « Arthapath.com
३ जेष्ठ २०८२, शनिबार

युनियन लाइफको खुद बीमा शुल्क झण्डै २ अर्ब, बीमा कोष ४३% ले वृद्धि हुदाँ नाफा प्रभावित



काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको विवरण अनुसार कम्पनीको बीमा कोष ४३.६४ प्रतिशतले बढेर १२ अर्ब ३२ करोड ७४ लाख ४ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको बीमा शुल्क ८ अर्ब ५८ करोड २० लाख ७७ हनार रुपैयाँ रहेको थियो ।

चालु आर्थिक वर्षको ३ महिनाको अवधिमा कम्पनीको खुद नाफा २ करोड ७८ लाख ३१ हजार रुपैयाँ आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको भन्दा १९.२७ प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको खुद नाफा ३ करोड ४४ लाख ७७ हजार रुपैयाँ रहेको थियो ।

असोज मसान्तसम्मको अवधिमा कम्पनीको खुद बीमा शुल्क १.९० प्रतिशतले बढेर १ अर्ब ८६ करोड ४८ लाख ३६ हजार रुपैयाँ आर्जन गरेका छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीमो खुद बीमा शुल्क १ अर्ब ८३ करोड ७५ हजार रुपैयाँ रहेको छ ।

समिक्षा अवधिमा कम्पनीको चुक्तापूँजी २ अर्ब ५१ करोड रुपैयाँ, जगेडा कोष १८.३६ प्रतिशतले बढेर १ अर्ब ३३ करोड ३० लाख ४२ हजार रुपैयाँ, महाविपत्ती कोष १८ प्रतिशतले बढेर १४ करोड ८१ लाख १५ हजार रुपैयाँ, खुद दाबी भुक्तानी ०.३० प्रतिशतले घटेर ६१ करोड ८४ लाख ७१ हजार रुपैैयाँ रहेको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी ५.१८ रुपैयाँ र प्रति शेयर कूल सम्पत्तिको मूल्य ७८२.३८ रुपैयाँ रहेको छ ।


प्रतिक्रिया दिनुहोस्