सन नेपाल लाइफको मुनाफामा छलाङ, जीवन बीमा कोष ४ अर्ब पुग्दा अधिकांश सूचकमा चमक

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीको अधिकाश सूचकमा छलाङ आएको हो ।
चालु आर्थिक वर्षको ३ महिनाको अवधिमा कम्पनीको खुद नाफा १९९.०७ प्रतिशतले बढेर १५ करोड ३ लाख ३८ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको खुद नाफा ५ करोड २ लाख २७ हजार रुपैयाँमा सिमित थियो ।
असोज समान्तसम्मको अवधिमा कम्पनीको जीवन बीमा कोष ३ अर्ब ९६ करोड ४६ लाख १ हजार रुपैयाँ पुगेको छ । जुन गत आर्थिक वर्षको भन्दा ४८.९८ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको जीवन बीमा कोष २ अर्ब ६६ करोड १२ लाख ५५ हजार रुपैयाँ रहेको थियो ।
त्यस्तै, गत आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ५७ करोड ४८ लाख ७० हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको कम्पनीले चालु आर्थिक वर्षको सोहि अवधिमा आइपुग्दा खुद बीमा शुल्क ४३.४७ प्रतिशतले बढेर ८२ करोड ४७ लाख ८९ हजार रुपैयाँ रहेको छ ।
समिक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी २ अर्ब २४ करोड, जगेडा कोष ७९.९७ प्रतिशतले बढेर ६० करोड ४८ लाख ८२ हजार रुपैयाँ, महाविपत्ती कोष बढेर ३६ करोड १० लाख ४१ हजार, खुद दाबी भुक्तानी २२५ प्रतिशतले बढेर २४ करोड ३० लाख ६१ हजार रुपैयाँ रहेको छ ।