सिटिजन लाइफको मुनाफा १३ प्रतिशतले बढ्यो, बीमा कोष साढे ६ अर्ब माथि अन्य सूचक कस्तो ? « Arthapath.com
३ जेष्ठ २०८२, शनिबार

सिटिजन लाइफको मुनाफा १३ प्रतिशतले बढ्यो, बीमा कोष साढे ६ अर्ब माथि अन्य सूचक कस्तो ?



काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको विवरण अनुसार खुद नाफामा सुधार देखिएको छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा सिटिजन लाइफको नाफा १२.९९ प्रतिशतले बढेर ७ करोड ३ लाख ६१ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीले ६ करोड २२ लाख ७३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

असोज मसान्तसम्मको अवधिमा कम्पनीको खुद बिमा शुल्क आर्जन १२.८० प्रतिशतले बढेर १ अर्ब ३७ करोड ४६ लाख २६ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको खुद बीमा शुल्क १ अर्ब २१ करोड ८६ लाख रुपैयाँ आर्जन गरेको हो ।

यस अवधिमा कम्पनीको बीमा कोष ५६.२४ प्रतिशतले बढेर ६ अर्ब ६३ करोड ३३ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको बीमा कोष ४ अर्ब २४ करोड ५५ लाख ४८ हजार रुपैयाँ थियो

समिक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी १ अर्ब ७५ करोड रुपैयाँ, जगेडा कोषमा ९३ करोड ४९ लाख ७४ हजार रुपैयाँ, महाविपत्ती कोष २२.१८ प्रतिशतले बढेर १० करोड ३१ लाख १ हजार रुपैयाँ आर्जन गरेको छ ।


प्रतिक्रिया दिनुहोस्