प्रिमियर इन्स्योरेन्सद्धारा लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश घोषणा गरेको हो ।
कम्पनीको कात्तिक २९ बसेको संचालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र करसहित १० प्रतिशत नगद लाभांश गरी कुल १५ वितरण गर्ने प्रस्ताव गरेको हो ।
उक्त लाभांश बीमा समितिबाट स्विकृत भएर कम्पनीको वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र शेयरधनीहरुलाई वितरण गरिनेछ ।
