प्रतिसेयर आम्दानीमा प्रिमियर र शिखर अगाडि, कुन निर्जीबन बीमा कम्पनीको आम्दानी कति ? « Arthapath.com
३ जेष्ठ २०८२, शनिबार

प्रतिसेयर आम्दानीमा प्रिमियर र शिखर अगाडि, कुन निर्जीबन बीमा कम्पनीको आम्दानी कति ?



काठमाडौं । सूचकिृत निर्जीबन बीमा कम्पनीहरुले चालु आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेका छन् ।

चालु आवको असोज मसान्तसम्ममा कम्पनीहरुले ८३ करोड ७५ लाख ६९ हजार रुपैयाँ नाफा कमाएका छन् । जुन गत वर्षको पहिलो त्रैमासको तुलनामा भने २.९२ प्रतिशतले कमी हो । गत वर्षको सोही अवधिमा कम्पनीले ८६ करोड २७ लाख ६९ हजार रुपैयाँ खुद नाफा गर्न सफल भएका थिए ।

नाफाका आधारामा सबैभन्दा बढी शिखर इन्स्योरेन्सले कमाएको छ । कम्पनीले १३ करोड ४८ लाख ९७ हजार रुपैयाँ नाफा कमाएको छ । चालु आवको पहिलो त्रैमासमा सबैभन्दा बढी नाफा वृद्धि युनाईटेड इन्स्योरेन्सको देखिएको छ । कम्पनीले ९०.१० प्रतिशतले नाफा वृद्धि गरि २ करोड २६ लाख ९२ हजार रुपैयाँ पुर्याएको छ । चालु आवको पहिलो त्रैमासमा सबैभन्दा कम नाफा असोज इन्स्योरेन्सले १ करोड २७ लाख ५३ हजार रुपैयाँ कमाएको छ ।

चालु आवको पहिलो त्रैमासमा सबैभन्दा बढी प्रतिसेयर आम्दानी प्रिमियर इन्स्योरेन्सको देखिएको छ । असोज मसान्तसम्ममा कम्पनीको प्रतिसेयर आम्दानी २५ रुपैयाँ ४ पैसा रहेको छ । यद्यपि, यो गत वर्षको असोज मसान्तसम्मको तुलनामा भने ४ रुपैयाँ ९५ पैसाले कमी हो ।

प्रिमियरपछि शिखर इन्स्योरेन्सको प्रतिसेयर आम्दानी बढी देखिएको छ । कम्पनीको यो आम्दानी २३ रुपैयाँ ६ पैसा रहेको छ ।
गत वर्षको असोज मसान्तसम्मको तुलनामा सबैभन्दा धेरै प्रतिसेयर आम्दानी बढाउनेमा प्रभु इन्स्योरेन्स देखिएको छ । कम्पनीले १६ रुपैयाँ वृद्धि गरि २२ रुपैयाँ पुर्याएको छ ।

चालु आवको असोज मसान्तसम्ममा सबैभन्दा कम आम्दानी अजोड इन्स्योरेन्सको ५ रुपैयाँ ८ पैसा रहेको छ । कम्पनीले गत वर्षको तुलनामा भने केही वृद्धि गरेको हो ।

यस्तै, नेपाल इन्स्योरेन्सको प्रतिसेयर आम्दानी २० रुपैयाँ ३९ पैसा, राष्ट्रिय बीमा कम्पनीको २० रुपैयाँ २ पैसा, लुम्बिनी जनरलको १६ रुपैयाँ ८ पैसा, सानिमा जीआईसीको १६ रुपैयाँ ५६, एनएलजीको १६ रुपैयाँ ४८ पैसा, नेको इन्स्योरेन्सको १५ रुपैयाँ ३६ पैसा रहेको छ ।

त्यसैगरि चालु आवको पहिलो त्रैमासमा प्रुडेन्सियलको १२ रुपैयाँ ३७ पैसा, आइएमई जनरलको ११ रुपैयाँ ८४ पैसा, सगरमाथाको ९ रुपैयाँ ७६ पैसा, युनाईटेडको ८ रुपैयाँ ८४ पैसा, सानिमा जीआईसी ७ रुपैयाँ ५५ पैसा, हिमालयन एभरेष्टको ६ रुपैयाँ ७६ पैसा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्