जीवन बीमा कम्पनीको लगानी ५ खर्ब: बैंकहरुको मुद्दति निक्षेपमा सबैभन्दा धेरै, अन्य कुन क्षेत्रमा कति ? « Arthapath.com
३ जेष्ठ २०८२, शनिबार

जीवन बीमा कम्पनीको लगानी ५ खर्ब: बैंकहरुको मुद्दति निक्षेपमा सबैभन्दा धेरै, अन्य कुन क्षेत्रमा कति ?



काठमाडौं । जीवन बीमा कम्पनीको लगानी करिब ५ खर्ब देखिएको छ । संचालनमा रहेका १९ वटा जीवन बीमा कम्पनीहरुले ४ खर्ब ९७ अर्ब ७२ करोड २७ लाख ३९ हजार रुपैयाँ अर्थतन्त्रका विभिन्न क्षेत्रमा लगानी गरेका हुन् ।

बीमा प्राधिकरणले हालै प्रकाशित गरेको चालु आर्थिक वर्ष २०७९/८० को प्रथम त्रैमासममा जीवन बीमा कम्पनीहरुको गरेको लगानी विवरणको तथ्याङ्कले यस्तो देखाएको हो ।

नेपालका बीमा कम्पनीहरुले बैंकको मुद्दति निक्षेप, नेपाल सरकारको ऋणपत्र पत्र, घरजग्गा, सूचिकृत कम्पनीहरुको साधारण शेयर, बैंक तथा वित्तीय संस्थाहरुको अग्राधिकार संस्थापक शेयर, कृषि, पर्यटन र जलस्रोत लगायतका पूर्वाधार क्षेत्र, नागरिक लगानी कोष तथा अन्य कोषमा लगानी गरेका छन् ।

प्राधिकरणको तथ्याङ्क अनुसार जीवन बीमा कम्पनीहरुको सबैभन्दा बढी लगानी वाणिज्य बैंकहरुको मुद्दति निक्षेपमा देखिएको छ । कम्पनीहरुले चालु आवको पहिलो त्रैमाससम्म ३ खर्ब ३५ अर्ब ३९ करोड ७६ लाख ६६ हजार रुपैयाँ मुद्दति निक्षेपमा लगानी गरेका छन् ।

उक्त अवधिमा कम्पनीहरुले पूर्वाधार बैंकको मुद्दति निक्षेपमा भने २५ करोड, नेपाल सरकारको बचतपत्रमा २ अर्ब १४ करोड १८ लाख ८ हजार, घरजग्गामा ३६ करोड २४ लाख ८४ हजार रुपैयाँ लगानी गरेका छन् ।

यस्तै, सूचीकृत पब्लिक कम्पनीको साधारण सेयरमा ९ अर्ब ४५ करोड २९ हजार ४३ हजार, क, ख र ग वर्गको बैंक तथा वित्तीय संस्थाको अग्राधिकार सेयर र ऋणपत्रमा ३१ अर्ब ७४ करोड ७५ लाख ७१ हजार, सूचीकृत पब्लिक कम्पनीको सुरक्षित डिवेन्चर २२ अर्ब ९७ करोड २३ लाख ८३ हजार, कृषि, पर्यटन र जलश्रोत लगायतका पुर्वाधारमा ७ अर्ब १९ करोड २५ लाख ७४ हजार रुपैयाँ लगानी गरेका छन्।

यस्तै, म्युचुअल फण्ड र नागरिक लगानी कोषमा १ अर्ब २० करोड ७६ लाख १८ हजार, ख वर्गको बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा ४३ अर्ब १२ करोड ७८ लाख, ग वर्गको बैंक तथा वित्तीय संस्थामा ५ अर्ब ४७ करोड ८३ लाख, संस्थापक सेयरमा ७ अर्ब ४५ करोड २८ लाख ९ हजार, सूचीकृत नभएको पब्लिक कम्पनीको साधारण सेयर ३९ करोड ८६ लाख ९४ हजार, अन्य लगानी ३० अबै ५४ करोड ८९ हजार र जम्मा अन्य लगानीमा भने ३८ अर्ब ३९ करोड १५ लाख ९१ हजार रुपैयाँ लगानीका देखिएकोछ ।


प्रतिक्रिया दिनुहोस्