नेशनल लाइफको अभिकर्ता सम्मान तथा बिक्रय कला प्रशिक्षण कार्यक्रम सम्पन्न « Arthapath.com
३ जेष्ठ २०८२, शनिबार

नेशनल लाइफको अभिकर्ता सम्मान तथा बिक्रय कला प्रशिक्षण कार्यक्रम सम्पन्न



काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले सुदुर पश्चिम प्रदेशको धनगढी मा अभिकर्ता सम्मान तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।


प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको प्रमुख आथित्यतामा सम्पन्न भएको सो कार्यक्रममा कम्पनीको धनगढी, टिकापुर र अत्तरिया कार्यालयमा आबद्ध करिब ३०० जना अभिकर्ताहरुको सहभागीता रहेको थियो ।


प्रमुख कार्यकारी अधिकृत खत्रीले कम्पनीको विभिन्न शाखा कार्यलयहरुमा आबद्ध भै बीमा ब्यबसाय गर्दै आएका अभिकर्ताहरुलाइ अझबढी सक्षम र ब्यवसायिक बनाउदै लैजाने नीति अनुरुप कम्पनी ले यश प्रकारको कार्यक्रमहरु सम्पन्न गर्दै आइरहेको र सोही क्रममा आज धनगढीमा यो कार्यक्रम आयोजना गरिएको बताए ।


कम्पनीका मार्केटिङ बिभाग प्रमुख बिबेक शर्माले सहभागी अभिकर्ताहरुलाइ बीमा बिक्रय कला सम्बन्धमा प्रशिक्षण दिएका थिए । यसै गरि कार्यक्रममा उत्कृष्ट व्यबसाय गर्ने अभिकर्ताहरुलाइ प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले खादा, माला र सम्मान पत्रबाट सम्मान गरेका थिए ।


कार्यक्रममा सम्मानित भएका अभिकर्ताहरुले प्रमुख कार्यकारी अधिकृतबाट आफ्नै कर्म थलोमा सम्मानित हुन पाउँदा अत्यन्त खुशी लागेको बताए ।


कम्पनीको सुदुर पश्चिम प्रदेशका प्रदेश प्रमुख उमाकान्त जोशीको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रमम एजेन्सी बिभाग प्रमुख सुशील प्रताप राणाले धन्यबाद ज्ञापन गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्