नेप्सेले गर्यो प्रभु लाइफ इन्स्योरेन्सको शेयर कारोबार फुकुवा

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले एक कम्पनीको शेयर कारोबार फुकुवा गरेको छ । मंगलबार प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको शेयर कारोबार फुकुवा गरेको हो ।
नेप्सेले ‘धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९’ को दफा १३ ९१० बमोजिम आधारभूत सेयरधनीबाहेक अन्य सेयरधनीको सेयर कारोबार फुकुवा गर्ने व्यवस्था अनुसार कम्पनीको सेयर कारोबार फुकुवा गरेको हो ।
कम्पनी र महालक्ष्मी लाइफ एक आपसमा गाभिने प्रारम्भिक सहमतिपत्रमा हस्ताक्षर भएसँगै प्रभु लाइफको शेयर असार ३१ गते देखि रोक्का थियो । कम्पनीको शेयर बुधबारदेखि दोस्रो बजारमा कारोबारमा आउनेछ ।