यी २० देशको कब्जामा विश्व बीमा व्यवसाय: अमेरिकाको मात्रै ४०% हिस्सा, अन्य कुनको कति ? (सूचीसहित) « Arthapath.com
८ माघ २०७९, आईतवार

यी २० देशको कब्जामा विश्व बीमा व्यवसाय: अमेरिकाको मात्रै ४०% हिस्सा, अन्य कुनको कति ? (सूचीसहित)



काठमाडौं । विश्वव्यापी बीमा व्यवसायमा सबै भन्दा बढी हिस्सा अमेरिकाको देखिएको छ । विश्वको कुल बीमा व्यवसायमा अमेरिकाको मात्रै ४० प्रतिशत हिस्सा देखिएको हो ।

स्वीस रि इन्स्योरेन्सले हालै सार्वजनिक गरेको एक प्रतिवेदनले यस्तो देखाएको हो । २०२१ को बीमा व्यवासयका आधारमा अमेरिकाको हिस्सा ३९.६ प्रतिशत रहेको छ ।

सन् २०२१ मा विश्वभर ६८ खर्ब ६० अर्ब ५९ करोड डलर बीमाशुल्क संकलन भएको थियो, त्यसमा अमेरिकाले मात्रै २७ खर्ब १८ अर्ब ६९ करोड डलर बीमाशुल्क संकलन गरेको देखिन्छ ।

दोस्रो स्थानमा भने चीन रहेको छ । ६ खर्ब ९६ अर्ब १२ करोड डलर बीमाशुल्क संकलन गरेको चीनले विश्व बीमा व्यवसायको १० प्रतिशत हिस्सा ओगटेको छ । तेस्रो स्थानमा भने जापान रहेको छ, जापानले ०२१ मा ४ खर्ब ३ अर्ब ५९ करोड डलर बीमाशुल्क संकलन गरेको छ । प्रतिवेदनअनुसार विश्व बीमा व्यवसायमा जापानको हिस्सा करिब ६ प्रतिशत रहेको छ ।

चौथोमा भने लन्डन रहेको छ, लन्डनले समिक्षा अवधीमा करिब ४ खर्ब डलर बीमाशुल्क संकलन गरेको छ । तथ्यांकअनुसार विश्वबजारमा लण्डनको हिस्सा ५.८ प्रतिशत रहेको छ ।

पाँथौ स्थानमा भने फ्रान्स रहेको छ, ४.३ प्रतिशत हिस्सा ओगटेको फ्रान्सले उक्त बर्ष २ खर्ब ९६ अर्ब ३८ करोड डलर बीमाशुल्क संकलन गरेको छ । स्वीस रिले उक्त प्रतिवेदन मार्फत सबैभन्दा बढी बीमाशुल्क संकलन गर्ने २० राष्ट्रको तथ्यांक सार्वजनिक गरेको छ ।

त्यसमा नेपालको छिमेकी मुलुक भारत भने १० नम्बरमा रहेको छ । विश्व बीमा व्यवसायको १.९ प्रतिशत हिस्सा ओगटेको भारतले २०२१ मा १ खर्ब २६ अर्ब ९७ करोड डलर बीमाशुल्क संकलन गरेको छ । तथ्यांकअनुसार उक्त २० देशले मात्रै विश्व बीमा व्यवसायको ९० प्रतिशत हिस्सा ओगटेका छन् । २०२१ मा उक्त २० राष्ट्रले ६१ खर्ब ७२ अर्ब ३२ करोड डलर बीमाशुल्क संकलन गरेका छन् ।

यी हुन् सबैभन्दा बढी बीमाशुल्क संकलन गर्ने २० राष्ट्र


प्रतिक्रिया दिनुहोस्