बीमा व्यवसाय: ६ महिनामा कम्पनीहरुले उठाए ९१ अर्ब बढी प्रिमियम, कुनको हिस्सा कति ? (सूचीसहित) « Arthapath.com
१८ माघ २०७९, बुधबार

बीमा व्यवसाय: ६ महिनामा कम्पनीहरुले उठाए ९१ अर्ब बढी प्रिमियम, कुनको हिस्सा कति ? (सूचीसहित)



काठमाडौं । बीमा कम्पनीहरुले ६ महिनामा ९१ अर्ब बढी बीमा शुल्क आर्जन गरेका छन् ।

संचालनमा रहेका जीवन र निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्ष २०७९/८० को पुस मसान्तसम्ममा कम्पनीहरुले ९१ अर्ब १३ करोड ६३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका हुन् ।

तर, गत वर्षको सोही अवधिको तुलनामा भने १.२५ प्रतिशतले मात्र बढी हो । गत वर्षको पुस मसान्तसम्ममा कम्पनीहरुले कुल ९० अर्ब १ करोड २१ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका थिए ।

जीवन बीमा कम्पनीले उठाए ७१ अर्ब बढी प्रिमियम, नेपाल लाइफ शीर्षस्थानमा

संचालनमा रहेका जीवन बीमा कम्पनीहरुले ६ महिनामा ७१ अर्ब बढी बीमा शुल्क आर्जन गरेका छन् । कम्पनीहरुले चालु आवको पुस मसान्तसम्ममा ७१ अर्ब ५ करोड ३८ लाख २५ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । तर, गत वर्षको सोही अवधिको तुलनामा भने ०.२० प्रतिशतले मात्र बढी हो । गत वर्षको सोही अवधिमा कम्पनीहरुले ७० अर्ब ९१ करोड ३९ लाख ६१ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए ।

चालु आवको ६ महिनामा सबैभन्दा धेरै बीमा शुल्क नेपाल लाइफ इन्स्योरेन्सले गरेको छ । सो अवधिमा कम्पनीको यस्तो शुल्क १८ अर्ब ६३ करोड ३८ लाख रुपैयाँ कायम भएको छ । यद्यपि, गत वर्षको पुस मसान्तसम्मको तुलनामा भने कम्पनीको बीमा शुल्क १.३१ प्रतिशतले मात्र बढी हो । गत वर्षको सोही अवधिमामा कम्पनीले १८ अर्ब ३९ करोड ८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो ।

दोस्रो स्थानमा रहेको लाइफ नेपाल कर्पोरेशन (.नेपाल)ले भने ८ अर्ब ७२ करोड ९३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । कम्पनीको यो शुल्क गत आवको पुस मसान्तसम्मको तुलनामा भने ४.०२ प्रतिशतले बढी हो ।

धेरै बीमा शुल्क आर्जन गर्ने कम्पनीको तेस्रो स्थान नेशनल लाइफ इन्स्योरेन्स देखिएको छ । कम्पनीले गत वर्षको पुस मसान्तसम्मको तुलनामा बीमा शुल्क आर्जन १३ प्रतिशतले बढाएर ७ अर्ब ६८ करोड ६९ लाख ९८ हजार रुपैयाँ कायम भएको छ ।

सो अवधिमा राष्ट्रिय बीमा संस्थानले भने ६ अर्ब १४ करोड ५० लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । यता, गत कात्तिकदेखि एकीकृत कारोबार थालनी गरको सूर्यज्योति लाइफ (सूर्या लाइफ र ज्योति लाइफ) ले भने ५९ करोड ८२ लाख ३१ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको हो ।

यस्तै, युनियन लाइफले ३ अर्ब ७५ करोड १९ लाख रुपैयाँ, सिटिजन लाइफले २ अर्ब ६६ करोड ४४ लाख, मेट लाइफले २ अर्ब ५० करोड २३ लाख, प्राइम लाइफले २ अर्ब २६ करोड ४८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

त्यसैगरि आइएमई लाइफको बीमा शुल्क आर्जन १ अर्ब ९५ करोड ३३ लाख रुपैयाँ, सन नेपाल लाइफको १ अर्ब ९४ करोड ४१ लाख, रिलायवलको १ अर्ब ७८ करोड ६५ लाख, गुराँस लाइफको १ अर्ब ४३ करोड ३९ लाख, सानिमा लाइफको १ अर्ब २४ करोड ७४ लाख, रिलायन्स लाइफको १ अर्ब ५० करोड ३० लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

अन्य कुनको कति ?

निर्जीवन बीमा व्यवसाय : शिखरको अग्रतामा नेको र सगरमाथाबीच प्रतिस्पर्धा, युनाईटेडको खस्कियो

निर्जीवन बीमा कम्पनीहरुले ६ महिनामा २० अर्ब बढी बीमा शुल्क उठाएका छन् । प्राधिकरणका अनुसार चालु आवको पुस मसान्तसम्ममा निर्जीवन बीमा कम्पनीहरुले कुल २० अर्ब ८ करोड २५ लाख ५५ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका हुन् ।

यो शुल्क गत वर्षको पुस मसान्तसम्मको तुलनामा भने ५.१५ प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा कम्पनीहरुले १९ अर्ब ९ करोड ८२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए ।

सो अवधिमा सबैभन्दा धेरै बीमा शुल्क शिखर इन्स्योरेन्सले उठाएको छ । कम्पनीले चालु आवको ६ महिनामा २ खर्ब ६५ करोड २३ लाख ४८ हजार रुपैयाँ बीमा शुल्क संकलन गरेको हो । जुन, गत वर्षको सोही अवधिको तुलनामा भने ८.७९ प्रतिशतले बढी हो । गत वर्षको पुस मसान्तसम्ममा कम्पनीले २ अर्ब ४३ करोड ८१ लाख ३६ हजार रुपैयाँ बीमा शुल्क संकलन गरेको थियो ।

सो अवधिमा नेको र सगरमाथा इन्स्योरेन्सबीच प्रतिस्पर्धा देखिएको छ । चालु आवको ६ महिनामा नेको इन्स्योरेन्सले भने १ अर्ब ५४ करोड ५८ लाख ४८ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । तर, गत वर्षको सोही अवधिमा भने कम्पनीको बीमा शुल्क २.४० प्रतिशतले घटेको हो ।

यता, सगरमाथा इन्स्योरेन्सको बीमा शुल्क भने १ अर्ब ४९ करोड ८० लाख ७० हजार रुपैयाँ रहेको छ । गत वर्षको पुस मसान्तसम्ममा १ अर्ब ७२ करोड ९६ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको कम्पनीको यस वर्षको सोही अवधिमा भने १३.३९ प्रतिशतले कमी हो ।

चालु आवको ६ महिनामा सबैभन्दा कम बीमा शुल्क भने नेशनल लाइफले संकलन गरेको छ । सो अवधिमा कम्पनीले ४९ करोड ४० लाख ७५ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

प्राधिकरणका अनुसार चालु आवको पुस मसान्तसम्ममा सबैभन्दा धेरै बीमा शुल्क युनाईटेड इन्स्योरेन्सको घटेको छ । गत वर्षको सोही अवधिको तुलनामा यस वर्षको पुस मसान्सम्म कम्पनीको बीमा शुल्क आर्जन ३२.७६ प्रतिशतले घटेर ५९ करोड ३१ लाख ३५ हजार रुपैयाँ कायम भएको छ ।

सो अवधिमा सबैभन्दा धेरै बीमा शुल्क आर्जन वृद्धि गर्नेमा (प्रतिशतका आधारमा) राष्ट्रिय बीमा कम्पनी देखिएको छ । सो अवधिमा कम्पनीको बीमा शुल्क १३७.९८ प्रतिशतले वृद्धि भई १ अर्ब ४० करोड ७७ लाख ६६ हजाजर रुपैयाँ पुगेको छ । गत वर्षको पुस मसान्तसम्ममा कम्पनीको यो रकम ५९ करोड १५ लाख रुपैयाँ ७९ हजार रुपैयाँ रहेको थियो ।

अन्य कुनको कति ?


प्रतिक्रिया दिनुहोस्