न्यून आय भएका बर्ग पहिचान गरी स्थानिय निकायले नै बीमा गरिदिने व्यवस्था गरौंः निर्देशक पौडेल « Arthapath.com
१९ माघ २०७९, बिहीबार

न्यून आय भएका बर्ग पहिचान गरी स्थानिय निकायले नै बीमा गरिदिने व्यवस्था गरौंः निर्देशक पौडेल



काठमाडौं।बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेले न्युन आय भएका वर्ग परिचालन गरि नमुनाको रुपका बीमा गरिदिने व्यबस्था गर्न गाउँपालिकालाई आग्रह गरेको छन् ।

नेपाल बीमा प्राधिकरणद्धारा बागमती प्रदेशको धादिङ जिल्लाको गजुरी गाउँपालिकामा आज आयोजित कार्यक्रम सम्मपन्न भएको छ । कृषि तथा पशु प्रविधिकहरुलाई पनि बीमा सम्बन्धी तालिम दिनको लागि तयार रहेको जानाकारी पौडेलले दिए।
कार्यक्रममा गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठले बीमा प्रतिको विस्वास बढाउन बीमा कम्पनीलाई दाबी भुक्तानी समयमा नै गनुपर्ने बताए ।
यसै कुरालाई ध्यामा राखेर बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेले स्थानीय वासिन्दाको आग्रह अनुसार गाउँपालिकामा नै बीमा कम्पनीको शाखा कार्यलय खोल्न प्राधिकरणले पहल गर्ने जानाकारी दिए ।कार्यक्रममा गाउँपालिका वडा अध्यक्ष,कार्यपालिका सदस्य र कर्मचारीकरु, नेपाल बीमा प्राधिकरणका उपनिर्देशक निर्मल अकिारी तथा साहायक निर्देशक केदरनाथ भटट्, बीमा कम्पनीका प्रतिनिधि, अगुवा कृषक,कृषि तथा पशु प्रविधिक र सञ्चारकर्मीहरु पनि सहभागीता भएको थिए ।

यसैगरी नेपाल बीमा प्राधिकरणको आयोजनामा माघ १८ गते चितवन जिल्लाको इच्छाकामना गाउँपालिकामा बीमा सम्बन्धी कार्यक्रम सम्पन्न भएको र कार्यक्रममा त्यस गाउँपालिकाको अध्यक्ष दानबहादुर गुरुङले भने भौगोलिक कठिनाइको कारण बीमा गर्न धेरै टाढा जानुपर्न बताए।
बुधबार गण्डकी प्रदेश गोरखा भिमसेनथापा गाउँपालिकामा पनि राष्ट्रिय बीमा कम्पनी बीच सम्झौता भएको छ ।सम्झौतापत्रमा भिमसेनथापा गाउँपालिकाका अध्यक्ष लोक प्रसाद बंजारा र बीमा कम्पनिी लिमिटेडका प्रमुख कायैकारी अधिकृत सुवास कोइरालाले हस्ताक्षर गरेका छन् ।

त्यस सम्झौतामा गाउँपालिका भित्रका सबै नागरिकको दुघटना बीमा र घरहरुको सम्र्पितको पनि बीमा गर्नुपर्ने र सरकारी सम्पतिहरुको पनि बीमा गर्नको लागी आवश्यक कार्य अगाडी बढाउने,कृषि तथा पशुपन्छीको बीमा, कृषि औजारको बीमा क्रमिक रुपमा गदै जाने लगायतका विषयहरु उल्लेख गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्