वित्तीय विवरण बुझाउन ढिलाई गर्ने १० बीमा कम्पनीलाई प्राधिरकणको चेतावनी, नबुझाए १० लाखसम्म जरिवना ! « Arthapath.com
१९ माघ २०७९, बिहीबार

वित्तीय विवरण बुझाउन ढिलाई गर्ने १० बीमा कम्पनीलाई प्राधिरकणको चेतावनी, नबुझाए १० लाखसम्म जरिवना !



काठमाडौं । समयमै विवरण नुबझाउने बीमा कम्पनीहरुलाई नेपाल बीमा प्राधिकरणले चेतावनी दिएको छ । प्राधिकरणले तोकिएको समयमा वित्तीय विवरण नुबझाउने १० बीमा कम्पनीहरुलाई पत्रचार गरि चेतावनी दिएको हो ।

प्राधिकरणका अनुसार समयमै वित्तीय विवरण नबुझाउनेमा निर्जीवन बीमा कम्पनी धेरै देखिएका छन् । प्राधिकरणले ६ वटा निर्जीवन बीमा, ३ वटा जीवन बीमा र एक पुनर्बीमा कम्पनीलाई वित्तीय विवरण नबुझाएको भन्दौ सचेत गराएको हो ।

विवरण नबुझाउनेमा निर्जीवन तर्फ राष्ट्रिय बीमा कम्पनी, सगरमाथा इन्स्योरेन्स, लुम्बिनी जनरल, युनाईटेड, प्रुडेन्सियल र सिद्धार्थ इन्स्योरेन्स रहेका छन् । जीवन बीमा तर्फ भने गुराँस लाइफ, रिलायबल नेपाल लाइफ र सानिमा लाइफ इन्स्योरेन्स रहेका छन् । यस्तै, पुनर्बीमा व्यवसाय गर्दै आएको हिमालयन रिलाई पनि प्राधिरकणले सचेत गराएको हो ।

यी कम्पनीहरुलाई पत्रचार गरि समेत गराइएको र विवरण पेश गर्न फेरि ढिलाई गरेमा ती कम्पनीलाई नगद जरिवना गरिने प्राधिकरणले जनाएको छ ।

सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी निर्देशिका अनुसार बीमा कम्पनीहरुले आफुले गरेको कारोबारको सम्पूर्ण विवरणसहितको वित्तीय विवरण पेश गर्नुपर्ने व्यवस्था छ । समयमै वित्तीय विवरण पेश गर्न नसकेका बीमा कम्पनीहरुलाई १० लाख रुपैयाँसम्म जरिवाना गर्न सकिने व्यवस्था छ ।


प्रतिक्रिया दिनुहोस्