सूर्यज्योति लाइफ इन्स्योरेन्सले लाभांश नदिने

काठमाडौं । सूर्यज्योलि लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश नदिने भएको छ ।
कम्पनीको चैत १ गते बसेको संचालक समितिको बैठकले साविक सूर्या लाइफ तथा साविक ज्योति लाइफको वित्तीय विवरण अनुसार वितरण योग्य मुनाफा भएपनि वितरण नगर्ने निर्णय गरेको हो ।
उक्त नाफा जगेडा कोषमा राख्ने निर्णय सो संचालकको बैठकले गरेको छ ।