नेप्सेमा दुई इन्स्योरेन्ससहित तीन कम्पनीको सेयर मूल्य समायोजन, आइतबारदेखि कारोबारमा आउने « Arthapath.com
२ चैत्र २०७९, बिहीबार

नेप्सेमा दुई इन्स्योरेन्ससहित तीन कम्पनीको सेयर मूल्य समायोजन, आइतबारदेखि कारोबारमा आउने



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा तीन कम्पनीको सेयर मूल्य समायोजन भएको छ । बिहिबार नेप्सेमा हिमालयन एभरेष्ट इन्स्योरेन्स, पु्ररुडेन्सियल इन्स्योरेन्स र स्वाभिमान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको हो ।

तीन वटै कम्पनीले साधारण सभा तथा लाभांश वितरणका लागि आज बुक क्लोज गरेसँगै नेप्सेले सेयर मूल्य समायोजन गरेको हो ।

हिमालयन एभरेष्टको २.७५ प्रतिशत बोनस समायोजन पछि प्रतिकित्ता ४०८ रुपैयाँ ७६ पैसा तोकिएको छ । नेप्सेले कम्पनीको बिहिबार भएको अन्तिम कारोबार मूल्य ४२० रुपैयाँको आधारमा समयोजन गरेको हो ।

प्रुरुडेन्सियल इन्स्योरेन्सको ३.३२५ प्रतिशत बोनस सेयर समायोजनपछि ४ सय ६८ पैसा तोकिएको छ । नेप्सेले कम्पनीको बिहिबार भएको अन्तिम कारोबार मूल्य ४१४ रुपैयाँको आधारमा समयोजन भएको हो ।

साथै, स्वभिमान लघुवित्तको २० प्रतिशत बोनस शेयर समायोजनपछि सेयरमूल्य १ हजार ५० रुपैयाँ कायम भएको छ । कम्पनीको बिहिबार भएको अन्तिम कारोबार मुल्य १ हजार २६० रुपैयाँको आधारमा समायोजन भएको हो ।

अब आइतवार (चैत ५ गते) देखि दोस्रो बजारमा यी कम्पनीकोे सर कारोबार खुल्नेछ ।


प्रतिक्रिया दिनुहोस्