राष्ट्रिय बीमा कम्पनीले माग्यो कर्मचारी, कति चाहिन्छ शैक्षिक योग्यता ? « Arthapath.com
३ चैत्र २०७९, शुक्रबार

राष्ट्रिय बीमा कम्पनीले माग्यो कर्मचारी, कति चाहिन्छ शैक्षिक योग्यता ?



काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले खुल्ला प्रतियोगात्मक परीक्षाबाट पदपुर्तिका लागि कर्मचारी मागेको हो ।

कम्पनीले प्रशाशन, ब्यवस्थापक ९औं तहमा १ जना, प्रशाशन, सरह ब्यवस्थापक ८औं तहमा१ जना, प्रशासन ब्यबस्थापक ८औं तह महिला समुहमा १ जना, चार्टर्ड एकाउन्टेडमा १ जना, प्रशासन कानून अधिकृतमा १ जना, प्रशासन सुचना अधिकृतमा १ जना,प्रशासन सहायक व्यवस्थापकमा ९ जना, प्रशासन सहायक क मा १ जना, प्रशासन सहायकमा ६ जना कर्मचारीको माग गरेको हो । जसका लागि शैक्षिक प्लस टु तह देखि स्नाकोत्तर तह उत्तिर्ण भएको हुनुपर्न छ ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी चैत २३ गते भित्र कम्पनीको बेवसाइट मार्फत आवेदन दिन सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्