मर्जरबाट जीवन बीमा कम्पनीकाे संख्या ४ मात्रै हुन्छ: अध्यक्ष सिलवाल

काठमाडाैं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्यप्रसाद सिलवालले जीवन बीमा कम्पनीकाे संख्या ४ ओटामा ल्याउने बताएका छन् ।
बिहीबार सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्याेरेन्सकाे मर्जर कार्यक्रममा बाेल्दै अध्यक्ष सिलवालले जीवन बीमा कम्पनीकाे संख्या ४ ओटामात्रै भए पुुुुुग्ने बताए ।
अध्यक्ष सिलवालले जीवन बीमा क्षेत्रमा दाेस्राे मर्जर सम्पन्न भयाे अव थप २ ओटा भए पुग्ने बताए ।
अध्यक्ष सिलवालले बीमा कम्पनीलाई कानुनले बर्जित काम नगर्नुहाेस् । यदी गर्नुभयाे भने करवाही हुन्छ ।
उनले नियामकसँग समदुरी राख्न सबै कम्पनीलाई आग्रह गरे । उनले भने ‘ नियामकले सहयाेग कन्टिन्यु गर्न तपाँईकाे व्यावहारमा भर पर्छ ।’
‘गभरनेन्समा रहनुभएन भने कारर्वाही हुन्छ ।’ अध्यक्ष सिलवालले भने ।