मुक्तिनाथ विकास बैंकद्धारा दुर्घटना बीमा वापत १० लाख रकम भुक्तानी « Arthapath.com
१६ असार २०८२, सोमबार

मुक्तिनाथ विकास बैंकद्धारा दुर्घटना बीमा वापत १० लाख रकम भुक्तानी



काठमाडौं । मुक्तिनाथ विकास बैंकले सवारी दुर्घटनामा परि ज्यान गुमाएका स्व.जय प्रकाश घर्तिको परिवारलाई बीमादाबी १० लाख रुपैयाँ भुक्तानी गरेको छ ।

बीमादाबी भुक्तानी वापत स्थाई ठेगाना कोहलपुर न.पा. ११ को स्व.जय प्रकाश घर्तिको रकम मृतकको श्रीमती सलिना वली घर्तिलाई हस्तान्तरण गरेको हो ।

निजले यस बैंकमा बीमा सुविधा भएको मुक्तिनाथ उत्कृष्ट बचत खाता खोल्नु भएको कारण परिवारले आज बीमा दाबी भुक्तानी वापत केही राहत पाएका हुन ।

बैंकले सिद्धार्थ इन्स्योरेन्स लिमिटेड सँगको सहकार्यमा मुक्तिनाथ उत्कृष्ट बचत खाता खोल्ने ग्राहकको बीमा गरेको थियो ।बैंकले बैशाख १३ गते बुधबारका दिन कोहलपुर न.पा. ११ नं. वडा कार्यालयमा एककार्यक्रमको आयोजना गरी उक्त बीमा दाबी भुक्तानी बापतको रु १० लाखको रकम मृतकको श्रीमतीलाई हस्तान्तरण गरेको छ ।

उक्त रकम बैंकका क्षेत्रीय प्रमुख विजय के.सी र वडा अध्यक्ष श्रीमती कल्पना शर्माले संयुक्त रुपमा हस्तान्तरण गरेका छन्। सोही कार्यकक्रमा अन्य जनप्रतिनिधीहरु ,पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारी, बैंकका कर्मचारीहरु र स्थानीय व्यक्तिहरुको उपस्थिती रहेको थियो ।

हाल बैंकको परिवार लक्षित रु १ करोड १ लाख सम्मको बीमा सुविधा दिने मुक्तिनाथ आर्शिवाद बचत खाता पनि निकै लोकप्रिय रहेको छ ।


प्रतिक्रिया दिनुहोस्