७९ प्रतिशतले बढ्यो आइएमई लाइफको नाफा, अधिकांश सूचकमा सकरात्मक प्रगति (विवरणसहित) « Arthapath.com
२० बैशाख २०८०, बुधबार

७९ प्रतिशतले बढ्यो आइएमई लाइफको नाफा, अधिकांश सूचकमा सकरात्मक प्रगति (विवरणसहित)



काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले १८ करोड भन्दा धेरै खुद नाफा कमाएको छ । कम्पनीले प्रकाशन गरेको चालु आर्थिक वर्ष २०७९८० को तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

विवरणअनुसार चालु आवको ९ महिनामा कम्पनीले १८ करोड २४ लाख ५० हजार रुपैयाँ खुद नाफा कमाएको हो । जुन गत आवको समिक्षा अवधिको तुलनामा भने ७८.८७ प्रतिशतले बढी हो । गत आव/को चैत मसान्तसम्ममा कम्पनी १० करोड १९ लाख ९७ हजार रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो ।

समिक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन पनि बढेको छ । गत आवको तेस्रो त्रैमासमा कम्पनीले २ अर्ब ३७ करोड ९२ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । तर, यस वर्षको सोही अवधिमा भने २१.४८ प्रतिशतले बढाएर २ अर्ब ८९ करोड ४ लाख रुपैयाँ पुगेको छ । हालसम्मको बुल बीमा शुल्क आर्जन रकम भने १२ अर्ब २५ रकोड ८२ लाख रुपैयाँ रहेको छ भने कुल कायम बीमालेखको संख्या ३ लाख ५३ हजार १३७ रहेको छ ।

हालसम्म कम्पनीले २ अर्ब ६१ करोड २२ लाख रुपैयाँ कुल दावी भुक्तानी गरेको छ । यो संख्यामा भने १ हजार २६९ रहेको छ । यस त्रैमाससम्ममा भने कम्पनीले ८३ करोड ४७ लाख रुपैयाँ बढी दावी भुक्तानी गरेको छ । समिक्षा अवधिमा भुक्तानी हुन् बाँकी दावी रकम ४ करोड १३ लाख २९ हजार रुपैयाँ र भुक्तानी बाँकी संख्या ४५ देखिएको छ । कम्पनीले अभिकर्ता कमिशनका लागि ३२ करोड ६२ लाख रुपैयाँ खर्चिएको छ । बीमालेखको धितो कर्जाबाट ३ करोड ६३ लाख रुपैयाँ आम्दानी गरेको छ ।

कम्पनीको चुक्ता पुँजी २ अर्ब ८० करोड छ । कम्पनीले जगेडा तथा कोषमा भने १ अर्ब १० करोड ५ लाख रुपैयाँ राखेको छ । कम्पनीले जगेडा कोष गत आवको समिक्षा अवधिको तुलनामा भने ८०.७६ प्रतिशतले बढाएको हो । यस्तै, कम्पनीले जीवन बीमा कोषको आकार १ अर्ब ८३ करोड अर्थात ४३.०८ प्रतिशतले वृद्धि भएको छ । योसंगै कम्पनीको जीवन बीमा कोषको आकार ६ अर्ब ७ करोड ७३ लाख रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ८ रुपैयाँ ६९ पैसा र प्रतिसेयर नेटवर्थ १४३ रुपैयाँ ६७ पैसा रहेको छ ।

प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्दैछ । यसको लागि कम्पनीले नेपाल धितोपत्र बोर्डमा निदेवन पेश गरिसकेको छ । कम्पनीले १७६ रुपैयाँ प्रिमियमसहित प्रतिकित्ता २७६ रुपैयाँ अंकित दरमा आईपीओ जारी गर्न लागेको हो । कम्पनीले १ करोड २९ लाख कित्ता आईपीओ निष्काशन गर्नेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रवन्धकमा सिभिल लघुवित्त वित्तीय संस्था रहेको छ ।


प्रतिक्रिया दिनुहोस्