प्रभु लाइफद्वारा प्राण घातक रोग विरुद्घको दश लाख रकम दाबी भुक्तानी « Arthapath.com
२५ जेष्ठ २०८०, बिहीबार

प्रभु लाइफद्वारा प्राण घातक रोग विरुद्घको दश लाख रकम दाबी भुक्तानी



काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले प्राण घातक रोग विरुद्वको १० लाख रुपैयाँको बीमित रोसन शेरचनलाई दाबीभुक्तानी गरेको छ ।

कम्पनीको शाखा कार्यालय बानेश्वरबाट दुई वर्ष अगाडि २० लाखको बीमाङ्कको बीमा गरेका बीमित रोसन शेरचनलाई करिब केही समय अगाडि ब्रेन ह्यामरेज रोगको पहिचा भएको थिएन । बीमा पोलिसी खरिद गर्दा निज बीमत रोसन शेरचनले प्राण घातक रोगहरु विरुद्घको १० लाख रकम बराबरको औषधी उपचार खर्च पाउने गरी बीमा गरेका थिए ।

बीमतले घातक रोग विरुद्घको सुविधा पाउँ भनी सम्पूर्ण कागजात पेश गरेकोले सम्पूर्ण प्रक्रिया पुरा गरी बीमितको घरमै गएर उक्त दाबी रकम प्रभु लाइफले भुक्तानी गरेको हो । कम्पनीको शाखा कार्यालय बानेश्वरले बीमितको घरमै आयोजित औपचारिक कार्यक्रममा प्रभु लाइफका बागमती प्रदेश ए प्रमुख पदम राना, बानेश्वर शाखा प्रमुख नविन भेटवालला गाएतको उपस्थीति रहेको थियो ।

कार्यक्रममा बोल्दै बीमित रोसन शेरचनले “प्रभु लाइफ इन्स्योरेन्स लिले बीमितलाई सहज र सरल तरिकाले दाबी भुक्तानी दिएकोमा आफ्नो ब्रेन ह्यामरेज रोगको उपचारका लागि १० लाख रुपैयाँले धेरै सहयोग गर्ने भन्दै मध्यम वर्गीय सबै नेपालीले अनिवार्य रुपमा आर्थिक जोखिम कम गर्नको लागि बीमा गर्नु पर्ने” बताए ।

त्यस्तै प्रभु लाइफका बागमतिप्रदेश प्रमुख पदम रानाले “बीमा कम्पनीको प्रमुख दायित्व भनेकै जोखिम बहन रहेको र हरेक बीमितको आर्थिक जोखिमको दाबी भुक्तानीलाई प्राथमिकतामा राखि समयमै दिनु प्रभु लाइफ इन्स्योरेन्सको उद्देश्य रहेको” बताए ।

शाखा प्रमुख नविन भेटवालले “जीवन बीमा आफू हुँदा आफूलाई र आफू नरहे परिवारका लागि रहेको बताए । आफ्नो औंषधी उचारका लागि प्राण घातक रोग विरुद्व उपचार योजना उत्कृष्ठ सावित भएको बताए ।”


प्रतिक्रिया दिनुहोस्