आइएमई लाइफले माग्यो सातै प्रदेशका लागि ठूलो सख्यामा कर्मचारी « Arthapath.com
६ असार २०८०, बुधबार

आइएमई लाइफले माग्यो सातै प्रदेशका लागि ठूलो सख्यामा कर्मचारी



काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै सार्त प्रदेशका लागि कर्मचारी मागेको हो ।

कम्पनीले चिफ मार्केटिङ अफिसरमा १ जना, हेड रिस्क डिपार्टमेन्टमा १ जना, सेमि क्वालिफाइड सिएमा केही संख्यामा, लिगल अफिसरमा १ जना, आईटी एक्सक्युटीभमा केही संख्यामा, डिजिटल मार्केटिङ एण्ड ब्रान्डिङ एक्सक्युटीभमा १ जना कर्मचारी आवश्यक रहेको जनाएको छ ।

त्यस्तै, कम्पनीले कोशी प्रदेशका चार शाखा, मधेश प्रदेशका छ शाखा, बाग्मती प्रदेशका आठ शाखा, गण्डकी प्रदेशका तीन शाखा, लुम्बिनी प्रदेशका पाँच शाखा र सुदुरपश्चिम प्रदेशका दुई शाखाका लागि शाखा प्रबन्धक माग गरेको हो ।

जसका लागि शैक्षिक योग्यतास्नातक तह देखि स्नाकोत्तर तह उर्तिण गरेको तथा अन्य बैंक तथा वित्तीय संस्थामा अनुभव प्राप्त भएको हुनुपर्नेछ ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी असार २० गते भित्र कम्पनीको इमेल मार्फत आवेदन दिन सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्