पुँजी बढाउन ८ बीमा कम्पनीलाई ‘राइट सेयर’को सहुलियत, प्राधिकरणले कुन-कुनलाई दियो अनुमति ?

काठमाडौं । नेपाल बीमा प्राधिकरणले आठ वटा बीमा कम्पनीलाई हकप्रद सेयर जारी गर्न अनुमति दिएको छ । प्राधिकरणले चार वटा जीवन बीमा र चार वटा निर्जीवन बीमा कम्पनीलाई हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको हो ।
प्राधिकरणले तोकेको न्युनतम पुँजी पुर्याउन कम्पनीलाई हकप्रद सेयर निष्कासनको अनुमति दिएको बीमा प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए ।
प्राधिकरणले जीवन बीमा तर्फ सानिमा रिलायन्सलाई २० प्रतिशत, सूर्य ज्योतिलाई १० प्रतिशत, प्रभु महालक्ष्मीलाई १७ प्रतिशत र एशियन लाइफ इन्स्योरेन्स ४२ प्रतिशत हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको हो । यसअघि एशियन बाहेकका कम्पनी मर्जरमा गएका थिए ।
यस्तै, युनाईटेड अजोडलाई ३२ प्रतिशत, नेको इन्स्योरेन्सलाई २५ प्रतिशत, सानिमा जिआईसीलाई २५ प्रतिशत र हिमालयन एभरेष्टलाई १२ प्रतिशत हकप्रद सेयर जारी गर्न अनुमति दिइएको प्राधिकरणले जनाएको छ । यीमध्ये नेको बाहेक अन्य कम्पनी मर्जरमा गएका थिए ।
मर्जरपश्चात् पनि तोकिए जति पुँजी नपुगेका कम्पनीलाई हकप्रदको सहुलियत दिएको प्राधिकरणले जनाएको छ ।