पुँजी योजना पेस गर्न प्रभु र नेपाल इन्स्योरेन्सलाई बीमा प्राधिकरणको एक हप्ते ‘अल्टिमेटम’

काठमाडौं । नियामक निकाय नेपाल बीमा प्राधिकरणले प्रभु र नेपाल इन्स्योरेन्सलाई पुँजी योजना माग गरेको छ।
चुक्ता पुँजी बढाउने सम्बन्धमा अझै ठोस योजना नबनाएका प्रभु र नेपाल इन्स्योरेनसलाई बीमा प्राधिकरणले एक हप्तामा पुँजी बढाउने नीति ल्याउन पत्राचार गरेको हो ।
आइतबार उक्त दुई कम्पनीलाई चुक्ता पुँजी बढाउने विषयमा क्यापिटल प्लान मागेको प्राधिकरणका एक उच्च अधिकारीले जानकारी दिए । स्रोतले भन्यो,–‘प्रभु र नेपाल इन्स्योरेन्सलाई पुँजी योजनाका लागि पत्राचार गरिएको छ । एक हप्ता पुँजी वृद्धिको योजना नीति ल्याउन भनिएको छ ।’
प्रभु र नेपाल इन्स्योरेन्सले अझै चुक्ता पुँजी बढाउन अझै ठोस कदम उठाएका छैनन् । सोही अनुसार प्राधिकरणले यस्तो निर्णय गरेको हो ।‘ हालसम्म चुक्ता पुँजी पुर्याउन सकेका छैन । कुनै ठोस कदम लिन नसकेको पछि प्राधिकरणले यसमा लचकता अपनाएर सहजीकरण गर्न लागेको हो’– स्रोतले भन्यो ।
अब प्राधिकरणको निर्देशन बमोजिम ती दुई कम्पनीले पेस गरेको क्यापिटल प्लानको आधारमा यसबारे थप निर्णय गरिने छ । सम्भवतः उनीहरूलाई आवश्यक समय दिन सकिने छ । ‘एक हप्ताको समय दिएका छौँ । उनीहरूले के कस्तो योजनाहरू ल्याउँछन् थप निर्णय त्यसपछि अघि बढ्छ’–स्रोतले भन्यो ।
प्राधिकरणले निर्जीवन बीमा कम्पनीलाई न्यूनतम चुक्ता पुँजी २ अर्ब ५० करोड रुपैयाँ तोकेको छ । तोकिएको पुँजी पुर्याउन अधिकांश कम्पनीहरू मर्जरमा गएका छन् । मर्जरपश्चात् पनि नपुगेका कम्पनीहरूले हकप्रद सेयर मार्फत पुँजी वृद्धि गर्दै छन् । केही कम्पनीले बोनस सेयर वितरण गरेरै पुँजी पुर्याउन योजनामा छन् । हालसालै मात्रै प्राधिकरणले आठ वटा कम्पनीलाई हकप्रद सेयर जारी गर्न अनुमति पनि दिइसकेको छ ।
प्राधिकरणले निर्जीवन बीमा कम्पनीलाई न्युनतम चुक्ता पुँजी २ अर्ब ५० करोड रुपैयाँ तोकेको छ । तोकिएको पुँजी पुर्याउन अधिकांश कम्पनीहरु मर्जरमा गएका छन् । मर्जरपश्चात पनि नपुगेका कम्पनीहरुले हकप्रद सेयर मार्फत पुँजी वृद्धि गर्दैछन् । केही कम्पनीले बोनस सेयर वितरण गरेरै पुँजी पुर्याउन योजनामा छन् । हालसालै मात्रै प्राधिकरणले आठ वटा कम्पनीलाई हकप्रद सेयर जारी गर्न अनुमति पनि दिईसकेको छ ।