पहिलो दिनमै ४ लाख ८७ हजार कित्ता बिक्री भयो रिलायवल नेपालको सेयर, कति पुग्यो मूल्य ? « Arthapath.com
३१ भाद्र २०८०, आईतवार

पहिलो दिनमै ४ लाख ८७ हजार कित्ता बिक्री भयो रिलायवल नेपालको सेयर, कति पुग्यो मूल्य ?



काठमाडौं । कारोबारमा आएको पहिलो दिनमा रिलायवल नेपाल लाइफको सर्वाधिक सेयर किनबेच भएको छ।

आइतबार कम्पनीको २४ करोड ५२ लाख ९३ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार आज कम्पनीले ४ लाख ८७ हजार १८६ कित्ता सेयर किनबेच भएको हो ।

कम्पनीको सेयर मूल्य भने सामान्य वृद्धि भएको छ । पहिलो दिन कम्पनीको सेयर मूल्य प्रतिकित्ता ८ रुपैयाँ ४० पैसाले वृद्धि भई ४९५ रुपैयाँ पुगेको छ ।

आइतबार प्रिओपनिङ सेसनमा कम्पनीको पहिलो कारोबार प्रतिकित्ता ४८६.६० रुपैयाँमा सुरु भएको हो । अब सोहि मूल्य आधार मानेर कारोबार सुरु भएको थियो । नेप्सेले ओपन रेन्ज प्रतिकित्ता १६२ रुपैयाँ २९ पैसादेखि ४८६ रुपैयाँ ८७ पैसासम्म तोकेको थियो।


प्रतिक्रिया दिनुहोस्