एनएलजी इन्स्योरेन्सको हकप्रद सेयर निष्काशनका लागि बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको हकप्रद सेयर निष्काशन गर्न बिक्री प्रबन्धक नियुक्ति गरेको छ । कम्पनीले हकप्रद सेयर निष्कासनका लागि लक्ष्मी क्यापिटल मार्केटलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।
नियुक्ति सम्बन्धी सम्झौतापत्रमा एनएलजी इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्त र लक्ष्मी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजिव सापकोटाले हस्ताक्षर गरेका छन् ।
कम्पनीलाई नियामक नेपाल बिमा प्राधिकरणले हकप्रद निष्कासन अनुमति दिइसकेको छ ।
कम्पनीले हाल कायम १ अर्ब ४५ करोड ९२ लाख ७५ हजार ७९० रुपैयाँ चुक्ता पुँजीमा ६६ प्रतिशत १०:६.६ अनुपातमा हकप्रद सेयर जारी गर्न लागेको हो ।
हकप्रद सेयर जारीपछि भने कम्पनीको चुक्ता पुँजी २ अर्ब ४२ करोड २३ लाख ९७ हजार ८१२ रुपैयाँ पुग्नेछ ।