आगामी कात्तिकदेखि बीमा अभिकर्ताको परीक्षा संचालन गर्दै प्राधिकरण, जीवन बीमकलाई पत्रचार

काठमाडौं । आगामी कात्तिकदेखि बीमा अभिकर्ताको परीक्षा संचालन हुने भएको छ । नेपाल बीमा प्राधिकरणले आगामी कार्तिक महिनादेखि बीमा अभिकर्ताको परीक्षा सञ्चालन गर्ने भएको हो ।
परीक्षा संचालन बारे बुधवार प्राधिकरणले जीवन बीमकलाई पत्रचार गरेको छ । प्राधिकरणले आज सम्पूर्ण जीवन बीमा कम्पनीहरुलाई यसबारे प्रत्राचार गरेको हो ।
कात्तिकमा हुने परीक्षाका लागि आईआरएमआईएस सिस्टममा दर्ता प्रक्रिया भने असोज मसान्त अर्थात् असोज २९ गतेबाट संचालन हुनेछ । तर, असोज २५ गते बिहीबारबाट आईआरएमआईएस सिस्टममा अभिकर्ता दर्ता प्रक्रिया बन्द हुने प्राधिकरणले जनाएको छ ।