आठ जीवन बीमा कम्पनीको सेयर मूल्य बढ्यो, कुनको कति ? « Arthapath.com
२ असार २०८२, सोमबार

आठ जीवन बीमा कम्पनीको सेयर मूल्य बढ्यो, कुनको कति ?



काठमाडौँ । सेयर बजारमा उत्साह आइरहेको छ । बजार निरन्तर उकालो यात्रा तय गरी रहेको छ । बजारले सुधारको यात्रा तय गर्दा लागनीकर्ता समेत मख्ख बनि रहेका छन् । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३५.३९ अकंले बढेर २१४१.८७ बिन्दुमा बन्द भएको छ ।

कारोबारमा समेत छलाङ आएको छ । बुधबार ३०६ कम्पनीको १ करोड ९९ लाख ६३ हजार ६०४ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ९५ लाख ७५ हजार रुपैयाँको कारोबार भएको छ ।

बुधबार नेप्सेमा सूचीकृत १२ जीवन बीमा कम्पनी मध्य ८ कम्पनीको सेयर मूल्यमा सुधार आएको छ । आज ४ कम्पनीको सेयर मूल्य ओरालो लागेको हो । आज सर्वाधिक सेयर मूल्य बढाउने जीवन बीमा कम्पनीको सूर्य ज्योति लाइफ रहेको छ । बुधबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३० रुपैयाँले बढेर ६०३ रुपैयाँ पुगेको हो ।

त्यस्तै, सेयर मूल्य बढाउने कम्पनीहरु मध्य क्रमशः नेपाल लाइफको प्रतिकित्ता २९ रुपैयाँले बढेर ७१८ रुपैयाँ ६० पैसा, लाइफ इन्स्योरेन्स कर्पोरेसनको प्रतिकित्ता २८ रुपैयाँ १० पैसाले बढेर १ हजार ५०९ रुपैयाँ, प्रभु महालक्ष्मी लाइफको प्रतिकित्ता २४ रुपैयाँ ९० पैसाले बढेर ६१३ रुपैयाँ ९० पैसा, एशियन लाइफको प्रतिकित्ता ७ रुपैयाँले बढेर ६९२ रुपैयाँ, हिमालयन लाइफको प्रतिकित्ता ७ रुपैयाँले बढेर ४७२ रुपैयाँ र नेशनल लाइफको प्रतिकित्ता २ रुपैयाँले बढेर ५९२ रुपैयाँ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्