रिलायवल नेपाल लाइफको सेयरको लकइन माघ मसान्तमा सकिने

काठमाडौँ। रिलायवल नेपाल लाइफको सामूहिक लगानीकोषको स्वामित्वमा रहेको सेयरको लकइन माघ मसान्तमा सकिने भएको छ ।
सामूहिक लगानी कोषहरूले खरीद गरेको धितोपत्र सार्वजनिक निष्कासनको मितिले ६ महिना पुरा नभएसम्म विक्री गर्न नपाउने व्यवस्था रहेको थियो। कात्तिकदेखि लागू हुने गरीएको उक्त व्यवस्था कार्यान्वयन गर्दै कम्पनीले ३ लाख ११ हजार १४१ कित्ता सेयर लकइनमा राखेको थियो ।
लकइन अवधि समाप्त भएपछि सामूहिक लगानीकोषले उक्त शेयर कारोबार गर्न सक्नेछन् ।
