आइजीआई प्रुडेन्सियलको नाफा ५१ प्रतिशत बढ्यो, बीमा शुल्क आर्जन र दाबी भुक्तानी झण्डै शतप्रतिशत वृद्धि « Arthapath.com
२९ माघ २०८०, सोमबार

आइजीआई प्रुडेन्सियलको नाफा ५१ प्रतिशत बढ्यो, बीमा शुल्क आर्जन र दाबी भुक्तानी झण्डै शतप्रतिशत वृद्धि



काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले खुद नाफा ५१ प्रतिशत बढाएको छ । कम्पनीले सोमबार प्रकाशित गरेको चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

समिक्षा अवधिमा कम्पनीले १८ करोड ३७ लाख ९८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत वर्षको दोस्रो त्रैमासको तुलनामा ५१.०८ प्रतिशत बढी हो । गत वर्षको सोही अवधिमा कम्पनीले १२ करोड १६ लाख ५३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

समिक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन पनि ९७.५३ प्रतिशत बढेर ५१ करोड २३ लाख २६ हजार रुपैयाँ पुगेको छ । यस्तै, चालु आवको ६ महिनामा कम्पनीले कमिसन मार्फत १९ करोड ७ लाख, लगानी तथा कर्जाबाट १९ करोड ६१ लाख आम्दानी गरेको छ । समिक्षा अवधिमा कम्पनीको कुल आम्दानी ९० करोड १ लाख रुपैयाँ छ । तर, कम्पनीको कुल खर्च भने ६३ करोड ७५ लाख रुपैयाँ रहेको छ । समिक्षा अवधिमा कम्पनीको दाबी भुक्तानी पनि ९४.३१ प्रतिशत बढेर ७५ करोड ८१ लाख रुपैयाँ कायम भएको छ ।

हाल कम्पनीको चुक्ता पुँजी ३ अर्ब २ करोड ९३ लाख रुपैयाँ छ । कम्पनीको रिटेन्ड अर्निङ्गमा ८ करोड ८१ लाख, विशेष जगेडा कोषमा १ अर्ब ४४ करोड ८२ लाख र अन्य इक्विटीमा ४४ करोड २४ लाख रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १२ रुपैयाँ १३ पैसा र प्रतिसेयर नेटवर्थ १६७ रुपैयाँ ५५ पैसा छ ।


प्रतिक्रिया दिनुहोस्