जीवन बीमा कम्पनीको नाफा २० प्रतिशत बढ्यो: आइएमई र सानिमा रिलायन्सको टक्कर, कसले कति कमाए ? « Arthapath.com
१ फाल्गुन २०८०, मंगलवार

जीवन बीमा कम्पनीको नाफा २० प्रतिशत बढ्यो: आइएमई र सानिमा रिलायन्सको टक्कर, कसले कति कमाए ?



काठमाडौं । जीवन बीमा कम्पनीहरुले नाफा ६ महिनामा ३ अर्ब कटाएका छन् । संचालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ३ अर्ब ८ करोड ४१ लाख रुपैयाँ खुद नाफा कमाएका हुन् ।

कम्पनीहरुको यो नाफा गत वर्षको तुलनामा भने २०.५१ प्रतिशत बढी हो । गत वर्षको दोस्रो त्रैमासमा कम्पनीहरुले २ अर्ब ५५ करोड ९० लाख ४५ हजार रुपैयाँ नाफा कमाएका थिए ।

समिक्षा अवधिमा हिमालयन र सन नेपाल लाइफको नाफा भने घटेको छ । यी दुवै कम्पनीको नाफा क्रमश: ८.२४ प्रतिशत र ७.२२ प्रतिशत घटेको हो । समिक्षा अवधिमा हिमालयन लाइफले ३४ करोड ६० लाख र सन नेपालले ३२ करोड ८४ लाख नाफा कमाएका छन् ।यी बाहेकका अन्य कम्पनीहरुले भने नाफा बढाएका छन् ।

समिक्षा अवधिमा सबैभन्दा धेरै नाफा कमाउनेमा नेपाल लाइफ नै अगाडी छ । कम्पनीले ६ महिनामा ४२ करोड ७७ लाख ३७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको यो नाफा गत वर्षको दोस्रो त्रैमासको तुलनामा भने १२.९० प्रतिशत बढी हो ।
नाफा वृद्धिदरमा भने भने आइएमई र सानिमा रिलायन्स लाइफ शीर्ष सूचीमा छन् । यी दुवै कम्पनीले नाफा ९६ प्रतिशत बढाएका छन् ।

समिक्षा अवधिमा सानिमा रिलायन्स लाइफले नाफा ९६.४८ प्रतिशत बढाएर २१ करोड ९७ लाख ३० हजार रुपैयाँ पुर्याएको छ । गत वर्षको दोस्रो त्रैमासमा पनि कम्पनीले ११ करोड १८ लाख रुपैयाँ नाफ कमाएको थियो । यता, आइएमई लाइफको नाफा पनि ९६.१४ प्रतिशत बढेको छ । चालु आवको ६ महिनामा कम्पनीले २३ करोड ४७ लाख २५ हजार रुपैयाँ नाफ कमाएको हो । गत वर्षको दोस्रो त्रैमासमा पनि कम्पनीले ११ करोड ९६ लाख बढी नाफा कमाएको थियो ।

नाफा वृद्धिदरको आधारमा तेस्रो सूचीमा भने सूर्यज्योति लाइफ देखिएको छ । कम्पनीले नाफा ६३.९३ प्रतिशत बढाएर २३ करोड ६६ लाख रुपैयाँ पुर्याएको छ ।

समिक्षा अवधिमा नेशनल लाइफले २५ करोड ५१ लाख, रिलायवल नेपालले २३ करोड ९ लाख, मेट लाइफले १९ करोड ३८ लाख, प्रभु महालक्ष्मीले १७ करोड ६४ लाख, एशियनले १५ करोड ९८ लाख, एलआइसी नेपालले १३ करोड ६६ लाखर सिटिजन लाइफले १२ करोड ३६ लाख रुपैयाँ नाफा कमाएको छ ।

समिक्षा अवधिमा सबैभन्दा कम नाफा राष्ट्रिय जीवन बीमा कम्पनीले कमाएको छ । कम्पनीले ६ महिनामा १ करोड ४२ लाख रुपैयाँ नाफा कमाएको हो । तर, यो नाफ गत वर्षको दोस्रो त्रैमासको तुलनामा भने ४४.१५ प्रतिशत बढी हो ।

कुन कम्पनीले कति कमाए नाफा ?


प्रतिक्रिया दिनुहोस्