एलआइसी नेपालले तोक्यो नयाँ बोनसदर, कुनमा कति ?
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआइसी) ले नयाँ बोनस दर सार्वजनिक गरेको छ ।
कम्पनीको गत आर्थिक वर्ष २०७९/८० को आर्थिक स्थितिको लेखाजोखा र दायित्व मूल्याङ्कन सम्वन्धि बीमाङ्कीय प्रतिवेदन नेपाल बीमा प्राधिकरणले स्वीकृत गरेको छ । गत आवकै वित्तीय विवरणको आधारमा नै कम्पनीले नयाँ बोनस दर प्रकाशित गरेको हो । कम्पनीले आफ्ना बीमितलाई न्युनतम ४० रुपैयाँदेखि ६६ रुपैयाँसम्म बोनस (प्रति हजारमा) दिने भएको छ ।
कम्पनीले सावधिक (३३३), जीवन विद्या (३५२), जीवन साथी (३५७) र जीवन श्री (३५३) बीमा योजना अवधि अनुसार ५१ देखि ६१ रुपैयाँसम्म बोनसदर तोकेको छ ।
यस्तै, जीवन आनन्नद बीमा योजना अन्तर्गत ५० देखि ६०, बाल सावधिकमा ५१ देखि ६४ रुपैयाँ, धन वृष्टि योजनामा ५५ देखि ५७ र धनफिर्ता योजनामा ५६ देखि ६० रुपैयाँ बोनसदर कायम गरेको छ।
कम्पनीका अनुसार बाल ममता बीमा योजना अन्तर्ग पनि ५५ रुपैयाँदेखि ६० रुपैयाँसम्म बोनस पाइनेछ । त्यसैगरि कम्पनीको जीवन तरङ्ग योजनामा पनि ४० देखि ४५ रुपैयाँसम्म, न्यू जीवन तरङ्गमा ५० रुपैयाँदेखि ५५ रुपैयाँ, जीवन बचतमा ४५ देखि ६६ रुपैयाँसम्म र जीवन लाभा अन्तर्गत भने ५१ देखि ५५ रुपैयाँसम्म बोनस पाइने छ । यता, लघु सावधिक बीमा योजनामा भने कम्पनीले ४१ रुपैयाँ बोनसदर कायम गरेको छ ।
कुन योजनामा कति ?