दुई पुनर्बीमा कम्पनीको लगानी विस्तारमा जोड: तीन महिनामै थप ५ अर्ब ३४ करोड लगानी, कुन क्षेत्रमा कति ? « Arthapath.com
१५ फाल्गुन २०८०, मंगलवार

दुई पुनर्बीमा कम्पनीको लगानी विस्तारमा जोड: तीन महिनामै थप ५ अर्ब ३४ करोड लगानी, कुन क्षेत्रमा कति ?



काठमाडौं । नेपालमा पुनर्बीमा व्यवसाय गर्ने दुई कम्पनीहरु लगानी बढाएका छन् । पुनर्बीमा व्यवसाय गर्दै आएका नेपाल पुनर्बीमा र हिमालयन रिइन्स्योरेन्स कम्पनीले तीन महिनामै १७.५८ प्रतिशत लगानी बढाएका हुन् ।

नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको तथ्याङ्क अनुसार यी दुई कम्पनीहरुको कुल लगानी भने साढे ३५ अर्ब पुगेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीहरुले अर्थतन्त्र विभिन्न क्षेत्रमा कुल ३० अर्ब ३९ करोड ६९ लाख रुपैयाँ लगानी गरेको छ । तर, दोस्रो त्रैमासमा आइपुग्दा भने थप ५ अर्ब ३४ करोड ४४ लाख रुपैयाँ लगानी गरेका छन् । गत पुस मसान्तसम्ममा कम्पनीहरुको कुल लगानी ३५ अर्ब ७४ करोड १३ लाख रुपैयाँ लगानी गरेका छन् ।

दुईमध्ये नेपाल पुनर्बीमा २० अर्ब ४२ करोड ५५ लाख रुपैयाँ र हिमालयन रिको १५ अर्ब ३१ करोड ५८ लाख रुपैयाँ लगानी छ ।
नेपालका पुनर्बीमा बीमा कम्पनीहरुले बैंकको मुद्दति निक्षेप, नेपाल सरकारको ऋणपत्र पत्र, घरजग्गा, सूचिकृत कम्पनीहरुको साधारण सेयर, बैंक तथा वित्तीय संस्थाहरुको अग्राधिकार संस्थापक सेयर, कृषि, पर्यटन र जलस्रोत लगायतका पूर्वाधार क्षेत्र, नागरिक लगानी कोष तथा अन्य कोषमा लगानी गरेका छन् ।

कम्पनीहरुको लगानी बैंकको मुद्दति निक्षेपकै बढी देखिएको छ । कम्पनीहरुले वाणिज्य बैंकको मुद्दति निक्षेपमा कुल २८ अर्ब ३९ करोड ३६ लाख रुपैयाँ राखेका छन् । यो मध्ये नेपाल पुनर्बीमाको १४ अर्ब ९३ करोड २५ लाख र हिमालयन रिको १३ अर्ब ४६ करोड १० लाख रुपैयाँ छ ।

यस्तै, विकास बैंकको मुद्दति निक्षेपमा भने नेपाल पुनर्बीमा कम्पनीले मात्रै २ र्अ ३ करोड ९९ लाख रुपैयाँ राखेको छ । यस्तै, कम्पनीहरुले सूचीकृत पब्लिक कम्पनीको साधारण सेयरमा ९९ करोड ६१ लाख (नेपाल रिको ५८ करोड ८९ लाख र हिमालय रिको ४० करोड ७३ लाख) रुपैयाँ लगानी छ ।

यस्तै, बैंक तथा वित्तीय संस्थाको अग्राधिकार सेयर, बन्ड, डिबेन्चर र ऋणपत्रमा नेपाल रिको १ अर्ब ९० करोड ३२ लाख र हिमालयन रिको १ अर्ब १७ करोड ७७ लाख गरि कुल ३ अर्ब ८ करोड ९ लाख रुपैयाँ लगानी छ ।

नागरिक लगानी कोष र म्युचुअल फन्डमा नेपाल रिको ५ करोड ९ लाख र हिमालयन रिको ४ करोड गरि कुल ९ करोड ९ लाख रुपैयाँ र अन्य संस्थापक सेयरमा पनि यी दुई कम्पनीको क्रमश: १० करोड २६ लाख र २२ करोड ९७ लाख गरि कुल ३३ करोड २४ लाख रुपैयाँ लगानी छ ।

यस्तै, सूचीकृत नभएको अन्य पब्लिक कम्पनीको सेयरमा नेपालप रिको ५० करोड ७२ लाख रुपैयाँ लगानी छ । यस्तो क्षेत्रमा हिमालयन रिको भने शून्य लगानी छ ।

यी दुई कम्पनीहरुले घर जग्गा, कृषि उत्पादन तथा वितरण, शीत भण्डार गृह, पयर्टन उद्योग, जलविद्युत, सौर्य उर्जा लगायत वीकरणीय उर्जा परियोजना, केवलकार, सडक, विद्युत प्रसारण, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा भने शून्य लगानी छ ।


प्रतिक्रिया दिनुहोस्