मर्जर बिना नै व्यापारमा शिखरले टप्यो: पच्छ्याउँदै सलिको र सिद्धार्थ प्रिमियर, हिमालयन एभरेष्ट र नेकोबीच प्रतिस्पर्धा « Arthapath.com
१५ फाल्गुन २०८०, मंगलवार

मर्जर बिना नै व्यापारमा शिखरले टप्यो: पच्छ्याउँदै सलिको र सिद्धार्थ प्रिमियर, हिमालयन एभरेष्ट र नेकोबीच प्रतिस्पर्धा



काठमाडौं । ७ महिनामा निर्जीवन बीमा कम्पनीहरुले झन्डै २३ अर्बको व्यापार गरेका छन् । हाल संचालनमा रहेका १४ वटा निर्जीवन बीमा कम्पनीहरुले सो बराबरको प्रिमियम कलेक्सन गरेका हुन् ।

नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको चालु आर्थिक वर्ष २०८०/८१ को माघ मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो ।
समिक्षा अवधिमा कम्पनीहरुले कुल २२ अर्ब ३९ करोड २२ लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेका छन् ।

समिक्षा अवधिमा कम्पनीहरुले १७ लाख २ हजार ९८७ वटा बीमालेख बिक्री गरि सो बराबरको बीमा शुल्क आर्जन गरेका हुन् । तर, गत वर्षको माघ मसान्तसम्मको तुलनामा भने व्यवसायमा केही गिवरावट देखिएको छ । गत वर्षको सोही अवधिमा भने कम्पनीहरुले १६ लाख ३६ हजार २८४ वटा बीमालेख बिक्री गरि २३ अर्ब ६ करोड २९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए ।

गत माघ महिनामा मात्रै कम्पनीहरुले २ अर्ब ९९ करोड ६२ लाख रुपैयाँ बराबरको व्यापार गरेका छन् । सो महिनामा कम्पनीहरुले २ लाख ५० हजार ३० वटा बीमालेख बिक्री गरेका छन् ।

बिना मर्जर व्यापारमा टक्कर दिँदै शिखर, सात महिनामा बेच्यो १ लाख ७८ हजार पोलिसी

माघ मसान्तसम्मका सबैभन्दा धेरै व्यापार शिखर इन्स्योरेन्सले गरेको छ । कम्पनीले सो अवधिमा २ अर्ब ८९ करोड ५६ लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेको हो । शिखरले बिना मर्जर नै व्यापारमा टक्कर दिएको छ ।

शिखरले मर्जरमा गएका कम्पनीहरुले भन्दा धेरै बीमा शुल्क आर्जन गरेको हो । ७ महिनामा कम्पनीले १ लख ७८ हजार ९१२ वटा बीमालेख बिक्री गरेको छ । गत वर्षको माघ महिनामा पनि कम्पनीले २ अर्ब ९८ करोड ३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो । माघ महिनामा मात्रै कम्पनीले २८ हजार १९० वटा बीमालेख बिक्री गरि ४४ करोड ४८ लाख रुपैयाँ प्रिमियम कलेक्सन गरेको छ ।

सलिकोलाई पच्छ्याउँदै सिद्धार्थ प्रिमियर, हिमालयन एभरेष्ट र नेकोबीच प्रतिस्पर्धा

व्यवसायको आधारमा दोस्रो स्थानमा भने सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) छ । सात महिनामा कम्पनीले २ अर्ब ६७ कारेड २१ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

समिक्षा अवधिमा कम्पनीले १ लाख ७२ हजार ४७४ वटा बीमालेख बिक्री गरेको छ । सलिकोलाई भने सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले पच्छ्याएको छ । समिक्षा अवधिमा सिद्धार्थ प्रिमियरले १ लाख ७८ हजार ९३४ वटा बीमालेख बिक्री गरि कुल १ अर्ब २६ करोड ९९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ।

यता, हिमालयन एभरेष्ट र नेको इन्स्योरेन्स बीच पनि प्रतिस्पर्धा देखिएको छ । समिक्षा अवधिमा यी दुवै कम्पनीको व्यापार करिब करिब उस्तै छ । समिक्षा अवधिमा नेको इन्स्योरेन्सले १ अर्ब ८७ करोड ४१ लाख रुपैयाँ र हिमालयन एभरेष्टले १ अर्ब ८६ करोड ८७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । सबैभन्दा धेरै बीमा शुल्क आर्जन गर्नेको तेस्रो सूचीमा रहेको आइजीआई प्रुडेन्सियलले पनि १ अर्ब ९३ करोड ९५ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

समिक्षा अवधिमा युनाइटेड अजोडले १ अर्ब ५२ करोड ३२ लाख, एनएलजीले १ अर्ब ४३ करोड ६० लाख, सानिमा जिआइसीले १ अर्ब ३४ करोड ९२ लाख, प्रभुले १ अर्ब ८ करोड ४९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । यता, दि ओरिण्यटलले ९३ करोड ७० लाख, राष्ट्रिय बीमा कम्पनीले ९७ करोड ३४ लाख नेपाल इन्स्योरेन्सले ८७ करोड ३७ लाख र नेशनलले ६९ करोड ४४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्