व्यवसाय र नाफामा बढेसँगै पुँजी बजारमा समेत बीमा क्षेत्रले ठुलो हिस्सा ओगट्न सक्यो: अध्यक्ष ढकाल « Arthapath.com
२० फाल्गुन २०८०, आईतवार

व्यवसाय र नाफामा बढेसँगै पुँजी बजारमा समेत बीमा क्षेत्रले ठुलो हिस्सा ओगट्न सक्यो: अध्यक्ष ढकाल



काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सका अध्यक्ष हेमराज ढकालले आर्थिक गतिविधिलाई चलायमान बनाई राख्न ठुलाठुला मेगा प्रोजेक्टरुको स्थापना हुनेपर्ने बताए ।

कम्पनीको २६औं वार्षिक साधारण सभामा अध्यक्ष ढकालले देशको सम्रग आर्थिक गतिविधिलाई चलायमान बनाई राख्न मेगा प्रोजेक्टहरु स्थापना हुनुपर्ने बताएका हुन् । नेपालमा विकास निर्माणका लागि सडक, जलविद्युत, कृषि, पर्यटन तथा सूचना प्रविधिको क्षेत्र प्रचुर सम्भावना रहेको उनको भनाई छ ।

उनले यस्ता सम्भावनालाई सरकारले उच्च प्राथमिकताका साथ लगानी मैत्री वातावरणको सृजना गुर्नपर्नेमा जोड दिए । स्वदेशी तथा विदेशी लगानीलइ विशेष प्रोत्साहन गर्न सकेमा देश भित्रै रोजगारी सृजना भई देश आर्थिक सम्वृद्धिको बाटोमा लम्किने ढकालले बताए ।

सोही अवसरमा बीमाले आर्थिक तथा वित्तीय सुरक्षा प्रदान गर्छ भन्ने चेतनाको विकास गराउन सके मात्रै बीमाको दायरा फराकिलो हुने उनको भनाई छ । बीमा चेतना समाजका हरेक तह र तप्कामा गराउन सकिए मात्रै नेपाली बीमा बजार अझै फराकिलो हुने ढकालले बताए । बीमाको दायरामा वृद्धि भई व्यावसाय र मुनाफामा पनि वृद्धि हुने उनको धारणा छ ।

पछिल्लो समय बीमा सेवामा देखिएको प्रतिस्पर्धा, ग्राहकमुखी सेवा, सेवामा पनि विविधता र पहुँच विस्तारले बीमा व्यवसाय वृद्धि भएको ढकालले बताए । नाफामा आएको बढोत्तरीबाट पुँजी बजरामा समेत बीमा क्षेत्रले ठुलो हिस्सा ओगट्न सफल भएको उनको भनाई छ ।

सोही अवसरमा बीमा क्षेत्रको दिगो विकासको लागि गुणस्तरीय सेवा, बीमाको नयाँ क्षेत्र पहिल्याई आम नागरिकलाई प्रविधिमैत्री सेवामा आइजीआई तत्पर रहेको बताए । आगामी वर्षमा ग्राहकमुखी भएर सन्तुष्ट ग्राहकहरुको संख्या वृद्धि गरि अगाडी बढ्ने लक्ष्य लिएको जानकारी गराए ।


प्रतिक्रिया दिनुहोस्