सानिमा रिलायन्स भव्य रुपमा मनायो मर्जपछिको पहिलो वार्षिकोत्सव « Arthapath.com
९ चैत्र २०८०, शुक्रबार

सानिमा रिलायन्स भव्य रुपमा मनायो मर्जपछिको पहिलो वार्षिकोत्सव



काठमाडौं । मर्जपछि बनेको सानिमा रिलायन्स लाइफले पहिलो प्रथम वार्षिकोत्सव भव्य रुपमा सम्पन्न भएको छ ।

साबिकका सानिमा लाईफ र रिलायन्स लाइफ एक आपसमा गाभिएर बनेको कम्पनीले पहिलो वार्षिकोत्सव मनाएको हो । यी दुवै कम्पनीले गत वर्षको चैत ९ गते एकीकृत कारोबार थालनी गरेका हुन् ।

कम्पनीले विभिन्न संदेश मूलक प्लेकार्ड सहित प्रभातफेरी कार्यक्रम गरेको थियो । उक्त कार्यक्रम कम्पनीको कमलादी कार्यालयबाट सुरुवात भई घन्टाघर – भद्रकाली – जमल हुदै पुन : कमलादीमा पुगेर टुंगिएको थियो ।

साथै मानव जीवनको रक्षा गर्ने उदेश्यले नेपाल रेड क्रस सोसाईटिसंगको सहकार्यमा कम्पनीको प्रधान कार्यालय, बानेश्वरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो ।

उक्त कार्यक्रममा ५५ जना भन्दा बढी सहभागीहरुले रक्तदान गरेका थिए । साथै काठमाडौँ शान्तिनगर स्थित असहाय वृद्धबृद्धाहरुको लागि विशेष आश्रय प्रदान गरिरहेको नि:सहाय सेवा सदनमा आहार बिहार र देशैभरि विभिन्न शाखा कार्यालयहरू मार्फत सामाजिक उत्तरदायित्व अन्तर्गत सोही किसिमका कार्यक्रमहरूको आयोजना गरि मनाईराखीएको छ ।

हाल कम्पनीको चुक्ता पुँजी ४ अर्ब १८ करोड रुपैयाँ छ । कम्पनीको लगानी १७ अर्ब नजिक र जीवन बीमा कोष १२ अर्ब ६९ करोड रहेको छ । देशभरि १७५ साखा संजाल मार्फत आफ्नो सेवा प्रदान गर्दै आएको कम्पनीको व्यवसाय तथा अधिकांश आर्थिक सूचकाङ्कहरू सकारात्मक रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्