सानिमा रिलायन्सको पुनर्जागरण अभियान, बीमालेख नवीकरणमा शत प्रतिशत विलम्ब शुल्क छुट « Arthapath.com
१ जेष्ठ २०८१, मंगलवार

सानिमा रिलायन्सको पुनर्जागरण अभियान, बीमालेख नवीकरणमा शत प्रतिशत विलम्ब शुल्क छुट



काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स कम्पनीले नवीकरण नभएका बीमालेखका लागि शत प्रतिशत विलम्ब शुल्क छुट सहितकोे पुनर्जागरण अभियान शुरु गरेको छ ।

उक्त पुनर्जागरण आज अर्थात् जेठ १ गतेदेखी २५ गतेसम्म लागू हुनेछ । बिमालेख अवधिभित्र एक पटक मात्र ब्याज छुटको सुबिधा प्रदान गरिने कम्पनीले जनाएको छ ।

कुनैपनि बीमालेख ब्यतीत रहँदा बिमितले रक्षावरण गुमाउनुका साथै विलम्ब शुल्क पनि ब्यहोर्न पर्ने हुनाले यो सुनौलो मौकाको फाईदा लिई बिमालेख नवीकरण गर्न कम्पनीले अनुरोध गरेको छ ।

हरेक नेपालीलाई बिमाको दायरा भित्र ल्याई बिमित र बिमितसँग आश्रित परिवारको आर्थिक सुरक्षाको लागि जीवन बिमा अनिवार्य रहेको छ ।


प्रतिक्रिया दिनुहोस्